पोखरा,जेठ २५/ पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविका छात्र प्रज्वल पौडेल बङ्गलादेश जाने भएका छन् । ११ कक्षमा अध्ययनरत पौडेलले अर्को हप्ता बङ्गलादेशमा आयोजना हुने अन्तराष्ट्रिय ह्यान्डबल महासंधद्धारा आयोजना गरिने इन्टरनेश्नल ह्यान्डबल फेडेरेशन ट्रफि आइ एच एफ ट्रफि नेपालको प्रतिनिधिन्व गदै बङ्गलादेश जान लागेको बिद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले जानकारी दिए ।
बङ्गलादेश जान लागेका पौडेललाई सोमबार बिद्यालयले एक कार्यक्रमका बिच बिदाइ गरेको छ । पौडेललाई विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङ, प्रशासक चित्र गुरुङ,एकेडेमिक हेड सेजल बिजुक्छे लगाएतले बिदाइ गरेका हुन् । गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट ,माउंटेनियरिंङ र कम्प्युटर साइन्सको बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ ।










