अपांगता भएका बालकको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. १, बुर्तिबाङ बजारमा रहेका युवराज कँडेलका अपांगता भएका छोरा भरत कँडेलको उपचारका लागि उक्त सहयोग रकम संकलन गरिएका हो ।
बाग्लुङ समाज वेल्जियम द्धारा भरत कंडेलको खुट्टाको उपचारको लागि संस्थाका अध्यक्ष राजु थापाको सहजिकरणमा,संस्थाका पदाधिकारी सदस्यहरु,सामाजिक अभियान्ता कासीँराम पौडेल,जयराम के.सी लगायतको सक्रियतामा संकलित १७ सय ९१ युरो बराबरको नेपाली रुपैयाँ २ लाख ५० हजार ४ सय १२ रुपैयाँ आज एक कार्यक्रमको बिच हस्तान्त्रण गरिएको छ ।
सहयोग रकम हस्तान्त्रण पछि बोल्दैँ नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी डोर्ण कुवंरले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । भरतको दुवै खुट्टाको शल्यक्रिया गर्नुपर्ने र परिवारजनको आर्थिक अवस्था कम्जोर रहेको हुदाँ कंडेलको उपचारको लागि सहयोग अभियान थालिएको उहाँको भनाई थियो । सम्पुर्ण सहयोगीले प्रदान गरेको रकमलाई सहि तरिकाले सदुपयोग गरि बालकको छिटो उपचार गर्न सुभाव दिदैँ आवश्यकता अनुसार थप सहयोग गदैँ जाने समेत बताउनु भएको थियो ।
सहयोग रकम बुझ्दँै भरतकी दिदी रमा कँडेलले,आफ्नो गासँ काटेर सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । भाईको खुट्टा कमजोर भएकोले समस्या भएको बताउँदै सबैको साथ सहयोगले केहि रकम बैंकमा जम्मा भएको हुदाँ निषेधाज्ञा केहि सहज भए लगत्तै भाईलाई उपचारको लागि लैजाने बताउनुभयो । सहयोग हस्तान्त्रण कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधहरु,समाजसेवी,बुद्धिजिवी,पत्रकार लगायतको सहभागिता रहेको थियो ।
लामो समय यता बुर्तिबाङ बजार बस्दैँ आउनु भएका युवराज कंडेलका ५ परिवार मध्य ३ जना शारिरीक अपांगता रहनु भएको छ । भाडाँको जग्गामा तरकारीका बेर्ना जमाएर दैनिकी चलाउँदै आउनुभएका कडेंल परिवार उक्त जग्गामा घर बनाई दिए सगैँ समस्यामा पर्नु भएको छ । कान्छो छोराको दुबै खुट्टाको शल्यक्रिया गर्नुपर्ने डाक्टरको सुझाव रहपनि पहिले आर्थिक अभावका कारण गर्न नसकिएको कंडेलले बताउनुभयो ।
ऋण धन गरि सक्दो प्रयास गरेका थियौँ तर धेरै रकम लाग्ने भएपछि समस्याँमा परेको भरतकी आमा ढालकुमारी कंडेलले बताउनुभयो । सबैको साथ सहयोगले उपचार गर्न आर्थिक जुटेसगैँ कंडेल परिवारमा केहि आश पलाएको छ ।










