पोखरा,असोज ४/ गएको भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी प्रभावितका लागि सहयोग स्वरुप ५१ हजार सहयोग गरेको छ ।
पोखरा–१० रामघाटस्थित श्रीकृष्ण मन्दिर सञ्चालन समितिले २०८३ भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा संकलित रकममध्ये बचत रकममा थप गरी प्रधानमन्त्री राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको समितिका अध्यक्ष विश्व तण्डुकारले जानकारी दिए।
तण्डुकारका अनुसार जन्माष्टमी कार्यक्रमबाट कुल १ लाख ४२ हजार ५ सय ५८ रुपैयाँ आम्दानी भएको थियो। कार्यक्रम सञ्चालनमा १ लाख ५ हजार ३ सय ७५ रुपैयाँ खर्च भएपछि ३७ हजार १ सय ८३ रुपैयाँ बचत भएको थियो।
बचत रकममा थप गरी समितिले प्रधानमन्त्री राहत कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको समितिका अध्यक्ष तण्डुकारले जानकारी उल्लेख गरे । उनले धार्मिक तथा सामाजिक गतिविधिबाट प्राप्त रकमलाई सामाजिक सेवामा समेत उपयोग गर्ने उद्देश्यले राहत कोषमा सहयोग गरिएको बताए।समितिले जन्माष्टमीका अवसरमा सहयोग गर्ने श्रद्धालु, भक्तजन तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ।यसै बिच रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिप्रति पोखरा रामबजारस्थित श्रीकृष्ण मन्दिर परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।मन्दिर परिवारले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।











