५० किमिको अल्ट्रा ट्रेल रेस सफल बनाउन छलफल तथा अन्तरक्रिया

५० किमिको अल्ट्रा ट्रेल रेस सफल बनाउन  छलफल तथा अन्तरक्रिया
२०८३ असोज २३ गते शुक्रबार ०३:१४

पोखरा,असोज २३/ कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँचवटा कोटलाई एउटै दौडमार्फत जोड्दै ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ लाई सफल बनाउन छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । नेपाल भूतपूर्व खेलाडी...

पोखरा,असोज २३/ कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँचवटा कोटलाई एउटै दौडमार्फत जोड्दै ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ लाई सफल बनाउन छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको आयोजनामा तथा विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको संयुक्त आयोजनामा  आगामी असोज २५ गते आयोजना हुन लागको दौडको रुटमा पर्ने स्थानहरुमा छलफल तथा अन्तरक्रिया आयोजना गरिएको हो । छलफल अन्तरगर्त शुक्रवार कास्कीकोट र सराङकोटमा त्यस्तै बिहिवार लमाचौरमा आयोजना गरिएको मञ्चका पूर्वअध्यक्ष एवं प्रतियोगिताका रेस डाइरेक्टर तेज बहादुर गुरुङले बताए।

कास्कीकोटको छलफल कार्यक्रममा उक्त वडाका कार्यबहाक वडा अध्यक्ष कृष्ण प्रसाद सुवेदी, वडा सदश्य मैया नेपाली, युवा सञ्जाल संयोजक तिर्थ अधिकारी,पर्यटन ब्यवसायी नारायण बहादुर सुनार,युवा समाजसेवीहरु रमेश तिमिल्सिना,क्षेत्र बहादुर परियार,पूर्व खेलाडि गणेशभक्त वस्ताकोटी ,वडा सचिव इन्द्र बहादुर जिसी लगाएत स्थानियबासिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उनिहरुले दौड सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता पनि ब्यक्त गरे । कार्यक्रमको सहजिकरण प्रतियोगिताका रेस डाइरेक्टर तेज बहादुर गुरुङ,मञ्चका अध्क्षय दिल बहादुर गुरुङ, समय नेपाल टिभिका पत्रकार सन्देश वरालले गरेका हुन् ।यस्तै पोखरा पाँचकोट ५० कि.मी. अल्ट्रा ट्रेल रेस २०८३ लाई भव्यताका साथ सम्पन्न गर्न पोखरा १८ सराङकोटमा पनि शुक्रवारनै छलफल तथा अन्तरक्रिया आयोजना गरिएको छ।

कार्यक्रममा ंसोहि वडाका वडा अध्यक्ष शिव प्रसाद तिमिल्सीना, सराङकोट धार्मिक एवं पर्यटन विकास समितिका अध्यक्ष प्रेम बहादुर जि.सी,समितिका सचिव डिल बहादुर जि.सी सीमताल आमा समूहका निवर्तमान अध्यक्ष तारादेवी जि.सी.लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । उनिहरुले दौडले सराङकोटको एतिहासिक पृष्ठभुमिलाई जोडने हुदा बाजागाजा सहित भब्य स्वागत तथा सत्कार गर्न कुनै कसर वाकिँ नराख्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमको सहजिकरण नेपाल भुतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुली सचिव महेश पौडेल गरेका थिए ।यस अघि बिहिवार पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजको प्राङणमा छलफल तथा अन्तरक्रिया एबम् सुझाव सकलन गरिएको थियो ।छलफल कार्यक्रममा लामाचौर क्षेत्रमा रहेका बिभिन्न सघ सस्थाहरुको सक्रिय सहभागिता रहको थियो ।

कार्यक्रममा नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष ई.दिनेश भण्डारीले  रेसलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा सदश्य विकास कुमार आचार्य,पोखरा १६ का वडा सदश्य रामचन्द्र आचार्र्य,नेवा खल लामाचौर बल बहादुर श्रेष्ठ, एतिहासिक ठुलि पोखरी संरक्षण समितिका अध्यक्ष भरत बहादुर खत्री, खेपना प्रतिष्ठान पोखरा १६ का अध्यक्ष कर्ण बहादुर गुरुङ,सगरमाथा टोल विकास संस्थाका अध्क्षय प्रेम बहादुर गुरुङ, लालिगुरास पुन मगर समाजका अध्यक्ष कर्ण पुन लगाएतको सहभगिता रहेको थियो ।

प्रतियोगिताले साहसिक खेलसँगै पोखराको खेल पर्यटन, प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदाको प्रवद्र्धनमा योगदान पुग्ने आयोजकको अपेक्षा छ।५० किमिको मुख्य दौड पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटबाट सुरु हुनेछ। धावकहरू सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घार्मीडाँडा, ढिकीडाँडा, झुप्राङकोट, बलायँखर्क, महापुरुष डाँडा, च्होगो डाँडा, अर्मलाकोट, कुरा गाउँ, पिपलडाली, ¥यालेचौर र काहुँकोट हुँदै पोखरा ११ स्थित नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर दौड पूरा गर्नेछन्।

लामो दूरीको दौडका लागि तयार नभएका धावकलाई लक्षित गरी १६ किमिको छुट्टै विधा पनि राखिएको छ। उक्त दौड कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, हरिचोक, सिम्पानीचोक, बगर ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस, बालमन्दिर माध्यमिक विद्यालय, नारायण थान र पहेँलो पुल हुँदै फूलबारी ब्यारेकमा पुगेर समाप्त हुनेछ।प्रतियोगितामा पुरुष र महिला दुवै विधामा समान पुरस्कारको व्यवस्था गरिएको छ। ५० किमि दौडको प्रथम हुने पुरुष तथा महिला धावकले जनही १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख, तेस्रोले ७५ हजार, चौथोले २५ हजार र पाँचौँ स्थान हासिल गर्नेले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेतालाई पदक तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

त्यस्तै, १६ किमि दौडको प्रथम पुरस्कार २५ हजार, दोस्रो १५ हजार, तेस्रो १० हजार र चौथो ५ हजार रुपैयाँ निर्धारण गरिएको छ। यस विधामा पनि पुरुष र महिलातर्फ समान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।दौड पूरा गर्ने सबै सहभागीलाई ‘फिनिसर्स मेडल’ प्रदान गरिने छ । प्रतियोगितामा १८ वर्ष उमेर पूरा भएका धावकले मात्र सहभागिता जनाउन पाउनेछन्।आयोजकका अनुसार केही विदेशी धावकसहित २ सय भन्दा बढीले नाम दर्ता गराइसकेका छन्। नेपालका चर्चित अल्ट्रा धावकहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।दौडका क्रममा धावकले पोखराका ग्रामीण भूगोल, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति तथा जीवनशैलीलाई नजिकबाट अनुभव गर्न पाउने भएकाले प्रतियोगिता खेलकुदमा मात्र सीमित नभई पर्यटन प्रवद्र्धनको माध्यमसमेत बन्ने आयोजकको विश्वास छ।

प्रकाशित मिति २०८३ असोज २३ गते शुक्रबार ०३:१४
प्रतिक्रिया दिनुहोस्