माउन्ट अन्नपूर्ण माविमा खेलकुद प्रतिभाको प्रतिस्पर्धा

माउन्ट अन्नपूर्ण माविमा खेलकुद प्रतिभाको प्रतिस्पर्धा
२०८३ मङ्सिर ११ गते बिहिबार ०५:२३

पोखरा,मंसिर १०/ पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा सञ्चालित तीनदिने वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। गत सोमबारदेखि सुरु भएको खेलकुदका कार्यक्रम बुधबार सम्पन्न भएको विद्यालयका प्राचार्य...

पोखरा,मंसिर १०/ पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा सञ्चालित तीनदिने वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। गत सोमबारदेखि सुरु भएको खेलकुदका कार्यक्रम बुधबार सम्पन्न भएको विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले जानकारी दिए ।
विद्यालयमा स्थापना भएको गेम्स एण्ड स्पोट्र्स क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा बास्केटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, छेलो तथा फुटसल लगायतका खेल समावेश गरिएको थियो। प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगिता अन्तर्गत छात्र बास्केटबलतर्फ कक्षा ११ को टोली प्रथम भएको छ। रोशन पाइजा, युनिक थापा, अमन तिलिजा, दीपेन गर्बुजा, युगल तिलिजा पुन र डिप्लभ पाइजा सम्मिलित टोलीले प्रथम स्थान हासिल गरेको हो। त्यस्तै, कक्षा १२ को प्रज्वल पौडेल, विपिन्द्र पाइजा, गगन गुरुङ, आशिष विक, सुरेश विक, अनिश घिमिरे र हिक्मत गुरुङ सम्मिलित टोली दोस्रो भएको खेल शिक्षक एन्जल पुनले जानकारी दिए।

छेलो प्रतियोगितातर्फ कक्षा १२ का कपिल गुरुङ प्रथम, कक्षा ११ का निश्चल गुरुङ द्वितीय र कक्षा १२ का अर्जुन विक तृतीय भए।टेबलटेनिस छात्रतर्फ कक्षा ११ का दिप्सन हमाल प्रथम, आयुष थापा द्वितीय र कक्षा १२ का गौरव नेपाली तृतीय भए। ब्याडमिन्टन छात्रतर्फ गणेश पौडेल प्रथम, टेनिस छन्त्याल द्वितीय र सोमबहादुर थापा तृतीय भए। त्यस्तै, ब्याडमिन्टन छात्रातर्फ प्रतिमा गुरुङ प्रथम, प्रियान तामाङ द्वितीय र प्रार्थना गुरुङ तृतीय स्थान हासिल गर्न सफल भए।
फुटसल छात्र तर्फ बादल गुरुङको टिम पहिलो,किस्मत विकको टिम दोस्रो,समिर पुनको टिमले तेस्रो स्थान प्राप्त गरे । यसैगरी, छात्र बास्केटबलतर्फ तेस्रो स्थान हासिल गर्ने टोलीमा किस्मत विक, यमन फगामी, सन्देश सुनार, कपिल गुरुङ, अर्जुन विक, अपिल शाही, सुरेश विक र साजन तामाङ रहेका छन्। छात्रा बास्केटबलतर्फ शोनी गिरी, प्रकृति राना, प्राप्ति पुन, आरोष सुनार र पूर्णिमा गुरुङ सम्मिलित टोली विजयी भएको प्लस टु संयोजक गोविन्द सुवेदीले जानकारी दिए।
कार्यक्रमको समापन अवसरमा विजेता खेलाडी विद्यार्थीहरूलाई विद्यालयका प्राचार्य श्रेष्ठ, प्रशासनिक प्रमुख चित्र गुरुङ ,अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङ, प्लस टु संयोजक सुवेदी तथा गेम्स एण्ड स्पोट्र्स क्लबका अध्यक्ष पंकज श्रीस लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए। माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ। यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो बिद्यालय हो ।

प्रकाशित मिति २०८३ मङ्सिर ११ गते बिहिबार ०५:२३
प्रतिक्रिया दिनुहोस्