एमाले कार्यदलको बैठक सकियो, विवादित विषयमा बुँदागत छलफल

एमाले कार्यदलको बैठक सकियो, विवादित विषयमा बुँदागत छलफल
२०७८ असार २२ गते मङ्गलबार ०६:०५

काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा विवादित विषयमा बुँदागत छलफल अघि बढेको माधव नेपाल पक्षका कार्यदल सदस्य रघुजी पन्तले बताए। ‘विषयहरुमा...

काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा विवादित विषयमा बुँदागत छलफल अघि बढेको माधव नेपाल पक्षका कार्यदल सदस्य रघुजी पन्तले बताए। ‘विषयहरुमा आज बुँदागत छलफल भयो, पन्तले भने, ‘थप छलफल भोली गर्छाैँ।’

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको संयुक्त वक्तव्य जारी गर्ने विषयमा बैठकमा कुनै छलफल नभएको उनले बताए। बैठकपछि बाहिरिने क्रममा संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, अहिले संयुक्त वक्तव्यका विषयमा प्रवेश नै गरिएको छैन।’

कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले छलफल सकारात्मक भएको बताए। ‘विमतिका विषयहरुमा कार्यदलका सदस्यहरुले आफ्ना महत्वपूर्ण सुझाव राख्नुभयो, विष्टले भने, हिजोभन्दा धेरै प्रगति भएको छ, भोली फेरि बसेर थप छलफल गर्छाैँ’।

प्रकाशित मिति २०७८ असार २२ गते मङ्गलबार ०६:०५
प्रतिक्रिया दिनुहोस्