निर्वाचन आयोगले भन्यो प्रचण्डवाला माओवादी केन्द्र वैधानिक

निर्वाचन आयोगले भन्यो प्रचण्डवाला माओवादी केन्द्र वैधानिक
२०७८ असार २७ गते आईतबार ०४:३२

काठमाडौं :  निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ। आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी वैधानिक रहेको ठहर गरेको हो। आयोगका प्रवक्ता राजकुमार...

काठमाडौं :  निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ। आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी वैधानिक रहेको ठहर गरेको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले थाहाखबरसँग भने, ‘दर्ता भएको निवेदन आजको बैठकले खारेज गरेर प्रचण्ड नेतृत्‍वको माओवादी केन्द्रलाई वैधानिक रहेको निर्णय गरेको छ’ उनले अगाडि थपे, ‘ऐन कानुनलाई टेकेर निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो।’

नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलगायतका नेताहरूले अध्यक्ष प्रचण्ड नेतृत्‍वको माओवादी केन्द्र अवैधानिक रहेको भन्दै उजुरी दर्ता गरेका थिए।

प्रकाशित मिति २०७८ असार २७ गते आईतबार ०४:३२
प्रतिक्रिया दिनुहोस्