पाल्पामा ट्रयाक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

पाल्पामा ट्रयाक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२०७८ असार २८ गते सोमबार ०६:३२

पाल्पा : तिनाउ गाउँपालिका–२ दोभानस्थित सिस्नेरीमा आइतबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । एकजना घाइते भएका छन्। मृत्यु हुनेमा चालक दोभानकै ३८ वर्षीय दुर्गाबहादुर गाहा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका...

पाल्पा : तिनाउ गाउँपालिका–२ दोभानस्थित सिस्नेरीमा आइतबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा चालक दोभानकै ३८ वर्षीय दुर्गाबहादुर गाहा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

दोभानबाट सिस्नेरीतर्फ जाँदै गरेको लु २ त २५३ नम्बरको ट्रली जडान नभएको खाली ट्रयाक्टरको अगाडिको एउटा टायर फुस्किन गई अनियन्त्रित हुँदा आइतबार बेलुकी करिब ५ बजे दुर्घटना भएको हो। ट्रयाक्टर सडकभन्दा सात मिटर तल खोल्सामा खसेको छ। दुर्गालाई त्यही ट्रयाक्टरले च्यापेको थियो।

सहचालक सोही ठाउँका ४२ वर्षीय एकबहादुर थापा घाइते भएका त्वातीले बताए। सामान्य घाइते भएका उनको स्थानीय मेडिकलमा उपचार भएको छ। दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ असार २८ गते सोमबार ०६:३२
प्रतिक्रिया दिनुहोस्