जापानले १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, १० लाख ज्येष्ठ नागरिकलाई लगाइने

जापानले १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, १० लाख ज्येष्ठ नागरिकलाई लगाइने
२०७८ असार २९ गते मङ्गलबार ०५:१६

काठमाडौं : जापानले नेपाललाई कोरोना विरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । कोभ्याक्स सुविधामार्फत जापानले सो परिमाणमा खोप दिन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ। नेपालमा आउन लागेको अक्सफोर्डको...

काठमाडौं : जापानले नेपाललाई कोरोना विरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ ।

कोभ्याक्स सुविधामार्फत जापानले सो परिमाणमा खोप दिन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ। नेपालमा आउन लागेको अक्सफोर्डको एस्ट्राजेनेका खोप जापानमै उत्पादित रहेको बताइएको छ। अक्सफोर्डको एस्ट्राजेनेका फर्मुलामा उत्पादन गरिएको यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो।

यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करिब १० लाख ६५ वर्ष माथिका ज्येष्ठ नागरिकसहित १३ लाख ६५ हजार बढीले खोप पाउनेछन् ।

दूतावासका अनुसार यो खोप जुलाई मध्यदेखि अगस्ट अन्तिम सातासम्म आपूर्ति हुनेछ। जापानी राजदूत किकुता युताकाले नेपाल र जापानबीच लामो मैत्रीका रूपमा सहयोग घोषणा भएको जानकारी दिएका छन्।

सोमबार मात्रै अमेरिकाले कोभ्याक्स सुविधामार्फत पठाएको १५ लाख डोज जोन्सन जोन्सन खोप आइपुगेको छ। त्यसअघि चीनले १८ लाख अनुदान र ८ लाख खरिद गरेको भेरोसेल खोप आइसकेको छ। भारतले पनि ११ लाख अनुदान र १० लाख खरिद गरेको खोप पठाइसकेको छ।

प्रकाशित मिति २०७८ असार २९ गते मङ्गलबार ०५:१६
प्रतिक्रिया दिनुहोस्