नेकपा एमालेका अध्यक्ष एवम् निर्वतमान प्रधानमन्त्री केपी शर्मा आलीले सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार ओलीले सरकारी निवास छाडेर बालकोट प्रस्थान गरेका हुन् ।
ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका छन् । तर अहिले परेको पानीले ओलीको स्वागत र्यालीलाई बिथोलेको छ । एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।
प्रकाशित मिति २०७८ असार ३० गते बुधबार १२:४४