माधव नेपाललाई अब एमालेमा कुनै ठाउँ छैन : केपी ओली

माधव नेपाललाई अब एमालेमा कुनै ठाउँ छैन : केपी ओली
२०७८ असार ३० गते बुधबार ०३:४७

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन्। नेता नेपालले गर्दा नै आफू नेतृत्वको सरकार बहिर्गमन भएको दाबी गर्दै निजी निवास बालकोट पुगेर...

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन्।

नेता नेपालले गर्दा नै आफू नेतृत्वको सरकार बहिर्गमन भएको दाबी गर्दै निजी निवास बालकोट पुगेर सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘पार्टी समक्ष आत्मालोचना गर्दै कमजोरी स्वीकारेर आए अरुलाई एकपटक पार्टीले मौका दिन सक्छ। तर, माधव नेपालले अब आत्मालोचना गरेर फर्किए पनि पार्टीले स्वीकारेर भित्र्याउने कुनै पनि ठाउँ छैन।’

ओलीले नेता नेपाललाई विश्वासघाती भएको आरोप लगाउँदै लाज सरम हराएका मान्छेको रूपमा चित्रण गरेका थिए। ​

प्रकाशित मिति २०७८ असार ३० गते बुधबार ०३:४७
प्रतिक्रिया दिनुहोस्