छोरी जन्मिएपछि नवजात शिशुको हत्या‚ आमासहित चारजना पक्राउ

छोरी जन्मिएपछि नवजात शिशुको हत्या‚ आमासहित चारजना पक्राउ
२०७८ असार ३० गते बुधबार ०३:५९

नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा चारजना पक्राउ परेका छन्। उनीहरुलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-५ आँपगाछीका २५ वर्षीया खुस्वु मण्डल, उनका बुबा ५० वर्षीय नागेश्वर मण्डल,...

नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा चारजना पक्राउ परेका छन्। उनीहरुलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-५ आँपगाछीका २५ वर्षीया खुस्वु मण्डल, उनका बुबा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीय उर्मिला मण्डल र श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन्।

खुस्बुले आइतबार राति छोरी जन्माएकी थिइन्। शिशु छोरी भएको थाहा भएपछि उनीहरुले ब्ल्यांकेटले घाँटी थिची हत्या गरी आमा-बुवाले सञ्चालन गर्दै आएको रंगेली-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले बताएको छ। उनीहरु उपर कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति २०७८ असार ३० गते बुधबार ०३:५९
प्रतिक्रिया दिनुहोस्