जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०७८ असार ३१ गते बिहिबार ०३:४६

गुल्मी : गुल्मीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। धुर्कोटबाट सदरमुकाम आउँदै गरेको भे१च १९४३ नम्बरको जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु५५प७०८२ नम्बरको मोटरसाइकललाई अर्खलेमा ठक्कर दिँदा...

गुल्मी : गुल्मीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

धुर्कोटबाट सदरमुकाम आउँदै गरेको भे१च १९४३ नम्बरको जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु५५प७०८२ नम्बरको मोटरसाइकललाई अर्खलेमा ठक्कर दिँदा मोट्साइकल चालक तानसेन नगरपालिका १४ का अन्दाजी ३१ वर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिप चालक धुर्कोट गाउँपालिकाका ३० वर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिपमा सवार रेसुंगा नगरपालिका-१२ का ३० वर्षीय अनिल विक, धुर्कोट गाउँपालिका ५ की ४० वर्षीया सीमकला विक धुर्कोटकै ६७ वर्षीय हरिप्रसाद भण्डारी घाइते भएका छन्। उनीहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित मिति २०७८ असार ३१ गते बिहिबार ०३:४६
प्रतिक्रिया दिनुहोस्