प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते चार बजेका लागि आह्वान

प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते चार बजेका लागि आह्वान
२०७८ असार ३१ गते बिहिबार ०७:४७

प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आउँदो साउन ३ गतेका लागि आह्वान भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते दिउँसो ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि आज बसेको मन्त्रिपरिषद्...

प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आउँदो साउन ३ गतेका लागि आह्वान भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते दिउँसो ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन साउन ३ गतेका लागि बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

गएको सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै संसद् अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।

प्रकाशित मिति २०७८ असार ३१ गते बिहिबार ०७:४७
प्रतिक्रिया दिनुहोस्