स्थायी कमिटी बैठक सार्ने नेपाल पक्षको प्रस्ताव ओली द्धारा अस्वीकार

स्थायी कमिटी बैठक सार्ने नेपाल पक्षको प्रस्ताव ओली द्धारा अस्वीकार
२०७८ साउन ३ गते आईतबार ०६:१७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाल पक्षले राखेको स्थायी कमिटी बैठक रोक्न प्रस्ताव अस्वीकार गर्नुभएको छ । विघटित कार्यदलका सदस्यहरुसँगको भेटमा ओलीले बैठकलाई सधै रोक्न नसकिने भन्दै १० बुँदे सहमति अनुसार...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाल पक्षले राखेको स्थायी कमिटी बैठक रोक्न प्रस्ताव अस्वीकार गर्नुभएको छ ।

विघटित कार्यदलका सदस्यहरुसँगको भेटमा ओलीले बैठकलाई सधै रोक्न नसकिने भन्दै १० बुँदे सहमति अनुसार पार्टीमा आएर काम गर्न सुझाएका छन्। विघटित कार्यदलका सदस्यहरु ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए।

एमाले सचिव भीम आचार्यले नेपाल पक्षले स्थायी कमिटी बैठक रोक्न आग्रह गरेको तर ओली तयार नभएको जानकारी दिनुभयो। ‘अहिले अनौपचारिक छलफल गरेर १० बुँदे कार्यान्वयनमा लैजानुपर्छ।

त्यसको लागि तपाईँ र नेपाल बस्नुपर्छ भन्यौ’, आचार्यले भन्नुभयो, ‘अध्यक्षले सधै बैठक रोकेर त कसरी हुन्छ र भन्नुभयो, अब के गर्नुहुन्छ हेरौँ।’ एक आपसमा गाली गर्ने कुरालाई पूर्ण रुपमा बन्द गर्नसमेत आफूहरूले भनेको उहाँले बताउनुभयो।

ओलीले स्थायी कमिटी बैठक आइतबारका लागि बोलाउनुभएको छ। ओलीलाई भेट्नु अघि कार्यदलका सदस्यहरुले शनिबार बिहान सिंहदरबारमा छलफल गरेका थिए। नेताहरुले सोमबार माधवकुमार नेपालसँग भेट्ने बताएका छन्।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले एमाले कार्यदल विघटन गर्ने निर्णय गरेको थियो। कार्यदलले सहमतिका लागि यसअघि १० बुँदे प्रस्ताव तयार पारेको थियो। प्रधानमन्त्री पदबाट हटेपछि अध्यक्ष ओली नेता नेपालप्रति थप आक्रोशित बन्नुभएको थियो ।

प्रकाशित मिति २०७८ साउन ३ गते आईतबार ०६:१७
प्रतिक्रिया दिनुहोस्