प्रधानमन्त्री देउवाद्वारा जोनसन खोप अभियानको शुभारम्भ, भीडभाड नगरि खोप लगाउन निर्देशन

प्रधानमन्त्री देउवाद्वारा जोनसन खोप अभियानको शुभारम्भ, भीडभाड नगरि खोप लगाउन निर्देशन
२०७८ साउन ४ गते सोमबार १२:५५

प्रधानमन्त्री शेरबहादुर देउवाले जोनसन एन्ड जोनसन कम्पनीको खोप अभियानको शुभारम्भ गर्नु भएको छ । काठमाण्डौको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालमा खोप अभियानको शुभारम्भ गर्दै उहाँले  भीडभाड नगरि खोप लगाउन निर्देशन पनि...

प्रधानमन्त्री शेरबहादुर देउवाले जोनसन एन्ड जोनसन कम्पनीको खोप अभियानको शुभारम्भ गर्नु भएको छ । काठमाण्डौको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालमा खोप अभियानको शुभारम्भ गर्दै उहाँले  भीडभाड नगरि खोप लगाउन निर्देशन पनि दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

एक मात्रा लगाए हुने यो खोप ५० देखि ५४ वर्ष उमेर समूह, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा नेपालमा रहेका शरणार्थीलाई दिइँदैछ ।

प्रकाशित मिति २०७८ साउन ४ गते सोमबार १२:५५
प्रतिक्रिया दिनुहोस्