ओलीले मागेको स्पष्टीकरणको जवाफ दिने नेपाल पक्षको तयारी

ओलीले मागेको स्पष्टीकरणको जवाफ दिने नेपाल पक्षको तयारी
२०७८ साउन ७ गते बिहिबार ०३:०३

नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत...

नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि फ्लोर क्रसबारे केही बोलिएको छैन ।

प्रकाशित मिति २०७८ साउन ७ गते बिहिबार ०३:०३
प्रतिक्रिया दिनुहोस्