बाग्लुङ जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचार प्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ । पालिका भित्र रहेका सबै धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धनका लागि अभियान नै थालेको हो।
पर्यटकीय गन्तव्यको विकास गर्ने क्रममा गाउँपालिकाले एतिहासिक नरसिंहकोटलाई समेत प्राथमिकतामा राखेर विकास गर्न थालेको छ । नेपालमा बाइसे चौबिसे राज्य हुँदा बागलुङको विभिन्न ठाउँमा विभिन्न राजाहरुले राज्य संचालन गरेको पाइन्छ । त्यस मध्ये जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुटको नरसिंहकोटमा पनि राजाहरुले राज्य संचालन गरेको बुढापाकाहरुले बताउने गरेका छन् ।
जिल्लाको धेरै स्थानहरुबाट पछिल्लो समय दैनिक आन्तरिक पर्यटकलाई त्यहाँ पुग्ने गरेका छन ।
बुर्तिबाङ निवासी दर्शन कुवंरको फेसबुक वालबाट लिएका केहि मनोरम तस्बिरहरु- आजको तस्विरमा
















