मेलम्चीमा फेरि बाढी,बाढीले ‘रेडियो मेलम्ची’को भवन बगायो, रातो पुल जोखिममा

मेलम्चीमा फेरि बाढी,बाढीले ‘रेडियो मेलम्ची’को भवन बगायो, रातो पुल जोखिममा
२०७८ साउन १७ गते आईतबार ०८:०४

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची नदीमा पानीको सतह बढेपछि चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हेलम्बुभन्दा माथि फेरि...

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची नदीमा पानीको सतह बढेपछि चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेलम्बुभन्दा माथि फेरि पहिरो गएको छ । तर, कुन ठाउँमा पहिरो गयो भन्नेबारे यकिन भएको छैन । बाढी प्रभावित मेलम्चीका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

हिजो बेलुका एक्कासि मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि गएको असार १ गतेको बाढीले क्षति पुर्याएको भागबाट नै नदी बगेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।  त्यतिबेला आएको बाढीका कारण मेलम्ची, हेलम्बु लगायत त्यस क्षेत्रमा ठूलो नोक्सानी भएको छ ।

बाढीमा परेर हराइरहेका १५ जना अझै भेटिएका छैनन् भने ५ जनाको ज्यान गएको थियो ।

मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ।

बाढी आउनु अघिको रेडियोको भवनबाढी आउनु अघिको रेडियोको भवन

राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो ।

असार १ गते आएको बाढीले डुबानमा परेको रेडियोको भवन।असार १ गते आएको बाढीले डुबानमा परेको रेडियोको भवन।

गएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो । ‘तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगायो।’ – सुवेदीले भन्नुभयो

गएराति आएको बाढीले रेडियोको भवन बगाए पछिको तस्बिर ।गएराति आएको बाढीले रेडियोको भवन बगाए पछिको तस्बिर ।

यस्तै, बाढीले मेलम्ची जोड्ने चुनौटेमाथिको रातो पुल पनि जोखिममा परेको छ । अहिले पुलमाथिबाट खोला बगिरहेको छ । यो पुलले हेलम्बु गाउँपालिकाको नाकोटे, अम्बाथान, तिम्बु, कियुल, चनौटे बजार र मेलेम्ची नगरपालिकाको बजार क्षेत्रसमेत जोड्छ ।

प्रकाशित मिति २०७८ साउन १७ गते आईतबार ०८:०४
प्रतिक्रिया दिनुहोस्