कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह
२०७८ साउन १९ गते मङ्गलबार ०८:५९

कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक...

कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले  जानकारी दिनुभयो ।

हिजो कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षा भर्चुअल वा भौतिक कसरी सञ्चालन गर्ने छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । तर बोर्डले भौतिक रुपमै परीक्षा हुने जनाएको छ ।

गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले आउँदो ३१ गतेदेखि गर्ने गरी यसअघि नै तालिका सार्वजनिक गरेको छ । परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र तालिका फेरबदलको कुनै सूचना नआएकाले विद्यार्थीलाई अलमलमा नपर्न उहाँको आग्रह छ ।

कक्षा १२ को परीक्षा होम सेन्टरमा लिइने, विद्यालयका भवन खाली रहेको अवस्था र दुर्गममा सङ्क्रमणको अवस्था सामान्य नै रहेकाले ठूलो समस्या नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।

परीक्षामा स्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने र एक बेन्च एक विद्यार्थी राखेर भौतिक उपस्थितिमै परीक्षा लिने गरी तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यसवर्ष परीक्षामा झण्डै तीन लाख ८६ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

प्रकाशित मिति २०७८ साउन १९ गते मङ्गलबार ०८:५९
प्रतिक्रिया दिनुहोस्