सिसिएमसीले बोर्डलाई भन्यो : १२ को परीक्षाबारे पुनर्विचार गरेर निर्णय लिनू

सिसिएमसीले बोर्डलाई भन्यो : १२ को परीक्षाबारे पुनर्विचार गरेर निर्णय लिनू
२०७८ साउन २२ गते शुक्रबार ०५:५२

कक्षा १२ को परीक्षा फेरि अन्योगग्रस्त बनेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा-१२ को परीक्षाको विषयमा पुन: विचार गरेर निर्णय लिन निर्देशन दिएकाे छ। पछिल्लो समय कोरोना संक्रमणसँगै...

कक्षा १२ को परीक्षा फेरि अन्योगग्रस्त बनेको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा-१२ को परीक्षाको विषयमा पुन: विचार गरेर निर्णय लिन निर्देशन दिएकाे छ। पछिल्लो समय कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्दै गएपछि परीक्षाको विषयमा सिसिएमसीले यस्तो भनेको हो।

कोरोनाले रोकिएको कक्षा-१२ को परीक्षा यही साउन ३१ गते भौतिक उपस्थितिमै सञ्चालन गर्नेगरी बाेर्डले परीक्षा तालिका सार्वजनिक गरेको थियाे। परीक्षाका लागि बोर्डले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पत्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेको थियो।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, ‘हामीले परीक्षा सञ्चालनकाे माग गरे पनि सिसिएमसीले पुनर्विचार गरेर मात्र परीक्षाबारे निर्णय लिनू भनी हामीलाई पत्र पठाएको छ, त्यसैले परीक्षाका विषयमा अहिले केही भन्न सकिने अवस्था छैन।’

यही परीक्षाको विषमा शनिबार (भोलि) बोर्ड बैठक राख्ने र त्यसपछि परीक्षाको विषयमा निर्णय लिने उनले बताए। परीक्षा रोक्न विभिन्न सरोकारवालाले पनि माग भने गरिरहेका छन्।

प्रकाशित मिति २०७८ साउन २२ गते शुक्रबार ०५:५२
प्रतिक्रिया दिनुहोस्