राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका एक सदस्यले एसईईको नतिजा प्रकाशित गर्ने सम्भावना रहेको जानकारी दिए ।
कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड बैठक डाकिएको थियो । सोही बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने स्रोतले जनायो ।
अहिले बोर्ड बैठक बसिरहेको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्न लागिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । ५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।
परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com www.ekantipur.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।










