प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या

प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या
२०७८ साउन २६ गते मङ्गलबार १०:५८

उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ । साउन २३ मा...

यसरी टुट्यो डेढ वर्षको प्रेम सम्बन्ध

उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ ।

साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन् । घरको बलोमा सलले पासो लागेर उनले आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्णु देव पंजियारलाई नियन्त्रणमा लिएको छ ।

२४ वर्षका विष्णु देव पंजियारलाई पक्राउ गरेर ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ मुद्दामा अनुसन्धान भइरहेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । एसपी बोहराले भने–‘डेढ वर्षदेखि उनीहरूको बीचमा चिनजान र सम्बन्ध रहेको थाहा भएको छ ।’

विष्णु देव नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए । इलेक्ट्रिसियन पदमा कार्यरत पंजियारसँग ३१ वर्षीया सावित्रासँग त्यहीँ चिनजान भएको थियो । मृतकका बुवा देव नारायण चौधरीले पंजियारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुर गरेका छन् । मृतकको बुवाको उजुरीपछि आइतबार राति विष्णुदेवलाई प्रहरीले पक्राउ गरेको हो ।

तमसुकले रोकेन आत्महत्या

विष्णु देव र सावित्राले ०७८ साउन १९ मा ‘श्रीमान् श्रीमतीको हैसियतमा बस्ने र लगन आएपछि विवाह गर्ने’ तमसुक गरेका रहेछन् । तर, कानुन व्यवसायी राखेर पाँच दिनअघि गरेको तमसुकले सावित्राको आत्महत्यालाई रोक्न सकेन ।

साउन २२ मा प्रेमीको घरमा जाँदा त्यहाँ अर्की युवती पनि देखेपछि सावित्रा बेचैन भइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार विष्णु देव र अर्की युवतीको बिचमा पनि पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेछ । सो सम्बन्ध थाहा पाएपछि सावित्राले आफूलाई सम्हाल्न सकिनन् र आत्महत्याको बाटो रोजिन ।

मुलुकी अपराध संहिता–२०७४ को दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी कसुर गरेमा कैद र जरिवाना हुने कानुनी व्यवस्था छ ।

थप यो पनि पढौँ ।

आमासँग रिसाएर घर छाडेकी किशोरी २० हजार भारुमा बेचिइन्

अहिले भन्छिन्, ‘आमाको गाली पनि माया नै हो’

१६ वर्षीया गृष्मा ९नाम परिवर्तन० कक्षा ८ मा पढ्दै थिइन् । मोरङ स्थायी घर भएकी उनको परिवारले चिया नास्ताको पसल सञ्चालन गर्थे । बुवा, आमासँगै उनी पनि त्यही चिया पसलमा काम गर्थिन्, परिवारको रोजीरोटी चलिरहेकै थियो ।

तर गत वैशाख ९ गते उनी एकाएक घरबाट गायब भइन् । ९ गते हराएकी उनी १० गते त घर आउँलिन् भन्ने परिवारलाई लागेको थियो । तर गृष्मा घर फर्किनन् । त्यसपछि वैशाख ११ गते बल्ल परिवारले इलाका प्रहरी कार्यालय रानी, मोरङमा खोजतलासका लागि निवेदन दिए ।

किशोरी हराएको निवेदन पाउनासाथ प्रहरीले खोजतलास सुरु ग¥यो । किशोरीको सम्पर्कमा रहेका व्यक्तिहरु, चिनजानका व्यक्तिहरु सबैसँग प्रहरीले गृष्माबारे जानकारी लियो । तर गृष्मा कहाँ छिन् भन्ने केही जानकारी पाउन सकेन । गृष्मालाई भारत पु–याएर बेचबिखन गरेको हुनसक्ने प्रहरीको अनुमान थियो ।

यही क्रममा प्रहरीले ती किशोरीका कथित प्रेमी भनिएका एक युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु ग¥यो । तर युवकले किशोरीबारे आफू अनभिज्ञ रहेकोमात्रै बताइरहे ।

तर प्रहरी अनुसन्धानका क्रममा भारतीय नम्बरबाट ती युवकको मोबाइलमा फोन आएको देखियो । त्यो फोन अरु कसैले नभएर गृष्माले नै गरेकी थिइन्, जबकि युवकले फोन कलका बारेमा प्रहरीलाई कुनै जानकारी नै दिएको थिएन । युवकको भूमिका झनै शंकास्पद देखिएपछि प्रहरीले युवकलाई नियन्त्रणमै राखेर अनुसन्धान ग¥यो । अनुसन्धान गर्न गाह्रो भएपछि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलायो ।

यता नेपाल प्रहरी भने भारतीय प्रहरीको समन्वयमा जुन नम्बरबाट फोन आएको थियो, त्यही नम्बर र उक्त नम्बर प्रयोग गर्ने व्यक्तिको खोजी गर्न थाल्यो । उक्त नम्बर बिहारकी माया नाम गरेकी महिलाको थियो, जुन नम्बरबाट गृष्माले युवकलाई फोन गरेकी थिइन् । त्यही एक फोन कलका आधारमा नेपाल प्रहरी माया नाम गरेकी महिलासम्म पुगेको थियो ।

तर मायाले गृष्माबारे कुनै जानकारी नभएको बताइरहिन् । फोटो देखाउँदा पनि आफूले गृष्मालाई नचिनेको र कहाँ छिन् भन्ने थाहा नभएको बताइरहिन् । तर प्रहरीले मायाको फोन कल रेकर्ड ९सिडिआर० हेरेपछि बल्ल मायाले गृष्मा हरियाणाको गुडगाउँमा रहेको जानकारी दिइन् ।

यस्तो छ गृष्माको ‘मोरङ टु गुडगाउँ’ यात्रा

१६ वर्षीय किशोरी आफ्ना बुवा आमासँगै चिया नास्ता पसलमा काम सघाउने गर्थिन् । उनको साथमा एउटा फोन थियो, जुन फोनबाट एक युवकसँग लगातार कुरा गरिरहन्थिन् । गृष्मा र युवकको अत्याधिक कुरा हुन थालेपछि उनकी आमाले पटकपटक गृष्मालाई सम्झाएर ‘फोनमा नझुण्डिन’ आग्रह गरिरहिन् । तर गृष्माले आमाको कुरा सुन्न चाहिनन् । अति भएपछि आमाले गृष्मालाई गाली गर्दै बुवालाई सबै कुरा भनिदिने बताइन् ।

आमाले माया गरेर गरेको गाली गृष्माको लागि अप्रिय भयो र उनी घर छाडेर हिँड्ने सोचमा पुगिन् । गत वैशाख ९ गते आमाले राखेको केही पैसा बोकेर गृष्मा भारततर्फ लागिन् । जोगबनी नाका पार गरेपछि गृष्मा त्यहाँबाट एक बस चढेर बिहारको सिमराई भन्ने स्थानमा पुगिन् । गृष्माको साथमा केही पैसा थियो, त्यही पैसाले उनी सिमराईमा एउटा कोठा भाडामा लिएर बस्न थालिन् ।

सिमराईमा बस्ने क्रममा गृष्माको भेट आफूलाई माया बताउने महिलासँग भयो । १६ वर्षीय किशोरी एक्लै बसेको देखेपछि मायाले किशोरीसँग कुराकानी गर्न थालिन् । गृष्माले आफू नेपालबाट आएको र कामको खोजीमा रहेको बताएपछि मायाले आफूले काममा लगाइदिने बताइन् । डान्स गरेर राम्रो पैसा कमाउन सक्ने बताएपछि गृष्मा पनि मायासँगै जान तयार भइन् ।

त्यसपछि मायाले गृष्मालाई सिमराईबाट पटना लिएर गइन् । त्यहाँ उनलाई बार र पार्टीहरुमा डान्स गराउन थालियो । डान्स गर्दा पनि अर्धनग्न भएर डान्स गर्नुपर्ने भएपछि गृष्माले त्यसो गर्न अस्वीकार गरिन् । तर गृष्माको केही लागेन । बरु मायाले गृष्मालाई जबरजस्ती यौनधन्दामा लगाउने कोशिस गरिन् । ‘पुरुषसँग सुत्न गएमा धेरै पैसा आउने भन्दै आफूलाई मायाले जबरजस्ती गर्न खोजेको’ गृष्माले प्रहरीलाई बयान दिएकी छन् ।

तर गृष्माले गलत धन्दा नगर्ने बताएपछि मायाले गृष्मालाई धेरैपटक पिटेको र सुरुमा मायाको बहिनीको घरमा पुराएको बताएकी छन् । पटनामा गलत धन्दा नगर्ने बताएपछि मायाले गृष्मालाई पटनाबाट बैंगलोरमा डान्स रेष्टुरेण्टमा काम गर्न लैजाने बताइन् । तर गृष्माले आफू बैंगलोर नजाने बताएपछि पटनाबाट फेरि बिहारमा ल्याइयो । त्यहाँ १२ दिन राखियो र उनलाई जबरजस्ती यौनधन्दामा धकेल्ने प्रयास भयो । तर गृष्माले नमानेपछि उनलाई हरियाणाको गुडगाउँमा जाने गरी २० हजार भारुमा बेचियो । गृष्माका अनुसार मायाले चटक देखाउने एक जादुगरसँग २० हजार भारतीय रुपैयाँ लिएर उनलाई बेचेकी थिइन् । हरियाणामा बस्ने मोहम्मद मुवारक नाम गरेका व्यक्तिसँग २० हजार लिएर मायाले गृष्मालाई बेचिन् । त्यसपछि गृष्मा मुवारकसँगै हरियाणा पुगिन् ।

गुडगाउँ पुगेपछि मुवारकले गृष्मालाई चटक देखाउने स्थानमा डान्स गर्न लगाउन थाले । यद्यपि मुवारकले अश्लील नृत्य गर्न नलगाएको र राम्रो व्यवहार देखाएको गृष्माले बताएकी छन् । मुवारकले नयाँ कपडा किनिदिने, कपाल स्ट्रेट गरिदिने लगायतको काम गरेको गृष्माले बयान दिएकी छन् ।

मायाले नै फोन गरेर गृष्माको ठेगाना बताइन्

यहीबीचमा मुवारकलाई मायाको फोन आयो । तिम्रो बुवा आमा यहाँ ९बिहार० आएका छन्, तिमी घर आउ भनिन् । किनभने मायामाथि कारवाही हुने भएपछि मायाले नै मुवारकलाई फोन गरेर गृष्मालाई पठाइदिन भनेकी थिइन् । बिहार प्रहरीले मायालाई नियन्त्रणमा लिएपछि मायाले नै गृष्मा रहेको स्थान र कोसँग छिन् भनेर प्रहरीलाई बताएकी थिइन् । त्यसपछि नेपाल प्रहरी, हरियाणा प्रहरी, दिल्लीस्थित आफन्त नेपाल ९कीन नेपाल० र दिल्लीस्थित नेपाली दूतावासको पहलमा गृष्मालाई गत शुक्रबार उद्धार गरियो र सोमबार उनलाई नेपाल ल्याइयो ।

प्रकाशित मिति २०७८ साउन २६ गते मङ्गलबार १०:५८
प्रतिक्रिया दिनुहोस्