रुकुम पश्चिममा पहिलो पटक कालिजपालन

रुकुम पश्चिममा पहिलो पटक कालिजपालन
२०७८ साउन ३१ गते आईतबार १२:१०

रुकुम पश्चिम - रुकुम पश्चिमका गणेश खड्काले मुसीकोट नगरपालिका–२ गुजिलढुंगामा कालिजपालन गरेका छन्। शारदा–सिस्ने–जलजला कृषि कम्पनी प्रालिमार्फत खड्काले दुई वर्षअघि २५ वटा कालिजका चल्ला ल्याएर पालेका थिए। अहिले २७० वटाभन्दा बढी...

रुकुम पश्चिम – रुकुम पश्चिमका गणेश खड्काले मुसीकोट नगरपालिका–२ गुजिलढुंगामा कालिजपालन गरेका छन्।

शारदा–सिस्ने–जलजला कृषि कम्पनी प्रालिमार्फत खड्काले दुई वर्षअघि २५ वटा कालिजका चल्ला ल्याएर पालेका थिए। अहिले २७० वटाभन्दा बढी भएको उनले बताए। २०० कालिजका चल्ला खरिद गरेर फर्ममा हालेका छन् भने अरु आफैं ह्याचिङ गरेर चल्ला निकालेका हुन्।

पशु अस्पताल तथा पशु सेवा कार्यालयले विशिष्ट जातका पंक्षी पालनका लागि गणेशको फर्मलाई दुई लाख रुपैयाँ अनुदान दिएको छ। उक्त अनुदानले उनले २२ मिटर लामो र ८ मिटर चौडाई भएको खोर निर्माण गरेका छन्।

खड्काले पोथी कालिजलाई प्रतिगोटा ३ हजार ५०० र भाले कालिजलाई चार हजार रुपैयाँ तोकेका छन्।

प्रकाशित मिति २०७८ साउन ३१ गते आईतबार १२:१०
प्रतिक्रिया दिनुहोस्