बाग्लुङ- गायक एवंम कलाकार देवेन्द्र बब्लुको नयाँ गीत ‘दिल दुखो’ बजारमा आएको छ ।
गीतमा शब्द, संगीत र स्वर पनि देवेन्द्रकै रहेको छ । भिडियोमा देवेन्द्र विशाल घिमिरे, जेरी भण्डारी, अमर रावल, सुनिल वि।क लगायत रहेका छन् । अनिल के। मानन्धरले...
बाग्लुङ- गायक एवंम कलाकार देवेन्द्र बब्लुको नयाँ गीत ‘दिल दुखो’ बजारमा आएको छ ।
गीतमा शब्द, संगीत र स्वर पनि देवेन्द्रकै रहेको छ । भिडियोमा देवेन्द्र विशाल घिमिरे, जेरी भण्डारी, अमर रावल, सुनिल वि।क लगायत रहेका छन् । अनिल के। मानन्धरले खिचेको भिडियोलाई डिन्सन शाहले सम्पादन गर्नुभएको छ ।
बब्लुका ‘मुसुक्क हाँस’, ‘एक्लै जान सक्छौ र ?’, ‘भेटै हुन्न कि’ जस्ता गीतहरु चर्चित रहेका छन् । ‘दिल दुखो’ लाई देवेन्द्रकै आधिकारिक युट्युब च्यानल देवेन्द्र बब्लुु बाट सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतको भिडियोमा धर्मका कारण प्रेमीकासँग छुट्टिएपछि प्रेमीको कथालाई प्रस्तुत गरिएको छ । फरक स्वादका गीत ल्याउँदै आएका देबेन्द्रको यो गीत पनि विगतका भन्दा पृथक छ । यस गीतलाई स्रोता एवं दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।