एमाले विभाजित : नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब

एमाले विभाजित : नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब
२०७८ भदौ २ गते बुधबार ०५:२८

नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा पुगेका छन्। नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराइसकेको छ। नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला...

नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा पुगेका छन्। नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराइसकेको छ।

नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको छ। नेकपा एमाले समाजवादी पार्टीमा नेता नेपाललाई नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको नेता राजेन्द्र पाण्डेले बताए।

आयोगमा दल दर्ता गराइएको सो पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको उनले बताए।  एमालेमा रहँदा भने नेता नेपालको वरियता खनालपछि थियो।

नयाँ पार्टीमा नेपाललाई अध्यक्ष र खनाल वरिष्ठ नेता बनाइएको उनले बताए। ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको भए पनि दुवै सदनका ३१ सांसदहरुले नेता नेपाललाई साथ दिएको उनको भनाइ छ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूहले नयाँ पार्टी दर्ता गराएको हो।

प्रकाशित मिति २०७८ भदौ २ गते बुधबार ०५:२८
प्रतिक्रिया दिनुहोस्