रुकुम पश्चिमको ठूली दहमा बेपत्ता दाजुभाइको शव भेटियो

रुकुम पश्चिमको ठूली दहमा बेपत्ता दाजुभाइको शव भेटियो
२०७८ भदौ ४ गते शुक्रबार ०५:४१

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको ठूली दहमा डुबेका दाजुभाइको शव भेटिएको छ । दहमा पौडी खेल्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेका एकै घरका दाजुभाइ बेपत्ता भएका हुन् । बिदाको अवसर पारेर साथीहरूसँग घुम्न गएका...

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको ठूली दहमा डुबेका दाजुभाइको शव भेटिएको छ ।

दहमा पौडी खेल्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेका एकै घरका दाजुभाइ बेपत्ता भएका हुन् । बिदाको अवसर पारेर साथीहरूसँग घुम्न गएका दाजुभाइ भीमबहादुर र प्रेम थापा दहमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

उनीहरू दहमा डुबेको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ गएको थियो ।

प्रकाशित मिति २०७८ भदौ ४ गते शुक्रबार ०५:४१
प्रतिक्रिया दिनुहोस्