बुर्तिबाङ- बागलुङ जिल्लाको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बाट ढोरपाटन पुग्ने सडक अवरुद्ध बनेपछि जनैपूर्णीमा ढोरबराह दर्शन गर्न जाने दर्शनार्थीहरु समस्यामा परेका छन् । आज शनिबार बिहानै बाट दर्शनार्थीहरु बुर्तिबाङ हुदै ढोरपाटन हिडेका थिए । केहि हिड्दै त केहि आफ्ना सवारी साधन मार्फत गएका उनीहरु बाटोको धेरै स्थानहरुमा भूजिखोला बगिरहेकोले अलपत्रमा परेको जनाईएको छ ।
गत तीन दिन देखि परेको निरन्तर वर्षातका कारण, भूजिखोलाको किनारमा रहेका सडक क्षेत्रमा अहिले खोला बगेको छ । बोबाङको दुवाल, भुसण्डे, सुप्राङ लगायतका क्षेत्रमा बाढिले सडक बगाएको छ भने कतिपय स्थानमा खोला नै बगिरहेको पुजा गर्न ढोरपाटन हिडेका ढोरपाटन ३ का हेमलाल गैरेले जानकारी दिनुभयो ।
सवारी साधनहरु पनि बाटोमै रोकिएका छन् । एउटा स्काभेटरले बाटो बनाउने प्रयास गरिरहेको छ । तर ढोरपाटन पुग्न अझै धेरै समय लाग्ने हुदाँ सबै बाटोमै अलपत्र बसेका छन् । बाटोमा करिब १५ ओटा जिप,२० ओटा बाईक बाटो खेलेपछि ढोरपाटन जाने प्रखाईमा रहेका छन् । केहि भने आफ्ना सामान बोकेर गन्तव्य तर्फ लागेका छन् ।
हेर्नुहोस तस्विरहरु-

तस्विर सौजन्य – प्रकाश भट्टराई,ढोरपाटन



















