बागलुङमा मोटरसाईकल दुर्घटना हुँदा मा दुई जना घाईते, एकको अवस्था गम्भीर

बागलुङमा मोटरसाईकल दुर्घटना हुँदा मा दुई जना घाईते, एकको अवस्था गम्भीर
२०७८ भदौ १३ गते आईतबार ०६:२०

बागलुङ- बागलुङ नगरपालिका–७ कालिमाटी मोटरसाईकल दुर्घटना भएको छ । बागलुङ बजारबाट मालिका जाँदै गरेको मोटरसाईकल शनिबार साझँ दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । ग ८ प ६०४० नम्बरको मोटरसाईकल तीब्र गति तथा चालकले मादक पर्दाथ सेवन...

बागलुङ- बागलुङ नगरपालिका–७ कालिमाटी मोटरसाईकल दुर्घटना भएको छ । बागलुङ बजारबाट मालिका जाँदै गरेको मोटरसाईकल शनिबार साझँ दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

ग ८ प ६०४० नम्बरको मोटरसाईकल तीब्र गति तथा चालकले मादक पर्दाथ सेवन गरेको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो । घाईते हुनेमा बागलुङ नगरपालिका –७ मालिकाका २५ वर्षीय कुशल बोहरा र चालक २२ वर्षीय प्रकाश किसान रहेको भण्डारीको भनाई छ ।

घाईतेहरुको अहिले धौलागिरि अस्पतालमा उपचार भैरहेको छ । घाईतेमध्ये बोहोराको अवस्था गम्भीर रहेको र पोखरा रिफर गर्ने तयारी भैरहेको बताईएको छ । उनीहरु सडक भन्दा करिब २५ मिटर तल झाँडीमा खसेको थिए । घटनाबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बागलुङ पोष्ट

प्रकाशित मिति २०७८ भदौ १३ गते आईतबार ०६:२०
प्रतिक्रिया दिनुहोस्