श्रमजीवी प्रवासी नेपालीहरुको छैठौं अन्तर्राष्ट्रिय भेला सम्पन्न

श्रमजीवी प्रवासी नेपालीहरुको छैठौं अन्तर्राष्ट्रिय भेला सम्पन्न
२०७८ असोज १४ गते बिहिबार ०४:५१

देशभित्र रोजगारीको अवसर नपाएपछि विश्वका विभिन्न देशमा पुगेर पसिना बगाउन बाध्य भैरहेका श्रमजीवी प्रवासी नेपालीहरुको अभिभावकीय संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नेतृत्व अब युवाहरुको हातमा पुगेको छ । समाजको २७ सेप्टेम्बर...

अन्तर्राष्ट्रिय एकता समाजले पायो युवा नेतृत्व

देशभित्र रोजगारीको अवसर नपाएपछि विश्वका विभिन्न देशमा पुगेर पसिना बगाउन बाध्य भैरहेका श्रमजीवी प्रवासी नेपालीहरुको अभिभावकीय संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नेतृत्व अब युवाहरुको हातमा पुगेको छ । समाजको २७ सेप्टेम्बर २०२१ अर्थात् २०७८ असोज ११ गते भर्चुअल माध्यमबाट सम्पन्न छैठौं अन्तर्राष्ट्रिय भेलाले नेतृत्वको बागडोर युवाहरुको हातमा सुुम्पिएको हो । भेलाले नेपालमा रहँदा अखिल (छैठौं) को अध्यक्षको जिम्मेवारीमा रहेर सफलतापूर्वक आफ्नो भूमिका निभाएका, हाल स्पेन नेपाली एकता समाजका अध्यक्ष समेत रहेका युवा नेता दुर्गा शर्मालाई अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।
यस्तै नेपालमा रहँदा विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका, हाल दक्षिण कोरिया नेपाली एकता समाजका अध्यक्ष समेत रहेका अर्का युवा नेता विदुर शर्मालाई भेलाले महासचिवमा चयन गरेको छ । चार उपाध्यक्ष दुई सचिव र एक कोषाध्यक्ष सहितको भेलाद्वारा निर्वाचित ३५ सदस्यीय केन्द्रीय कार्य समितिमा नेपालमा रहँदा देशको जनतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनमा सशक्त र प्रभावकारी भूमिका निभाउँदै आएका परदेशी भूमिमा पुगिसकेपछि पनि श्रमजीवी प्रवासी नेपालीहरुको हकहित र अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका उर्जाशील युवाहरुकै बाहुल्यता देखिन्छ । यस अघि अध्यक्ष, महासचिव रहिसकेका पाका नेतागण र जापान रक्तिमका अध्यक्ष समितिको सल्लाहकार रहेका छन् । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको छैठौं अन्तर्राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय कार्य समितिको यो स्वरुपले विभिन्न देशमा छरिएर रहेका श्रमजीवी प्रवासी नेपालीहरुमा अब नयाँ आशा र उत्साहको संचार गर्न पुगेको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको छैठौं अन्तर्राष्ट्रिय भेलामा एकता समाजको समिति रहेका सबै देशहरुका प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको थियो । सहभागी प्रतिनिधिहरुले आफ्नो जनवादी अधिकारको भरपुर प्रयोग गरी विधान, प्रतिवेदन, प्रस्तावना र केन्द्रीय नेतृत्वका लागि प्यानल प्रस्तावमाथि घनीभूत छलफल चलाएका थिए । अन्त्यमा भेलाले ती सबै प्रस्तावहरु एक मतले पारित गरेको थियो । छैठौं राष्ट्रिय भेलाले यस अघिको एक प्रकारको ‘परमादेश’ या ‘तोकादेश’को घेरालाई समेत तोडेको छ ।
छैठौं भेलाले यस अघि ४ अप्रिल २०२० मा गरिएको भनिएको समाजको भेलालाई ‘अवैद्य’ ठहर गरेको छ । स्मरणरहोस् उक्त मितिमा समाजका अध्यक्ष, महासचिव र कोषाध्यक्ष समेतलाई थाहा नदिइ भर्चुअल माध्यमबाट अत्यन्त सीमित मान्छेहरुलाई मात्र गोप्य रुपमा सहभागी गराएर भेला सम्पन्न गरी नयाँ समिति बनाइएको घोषणा गरिएको थियो । केही सीमित नेताहरुको उक्त गुटजन्य र फुटपरस्त कार्यबाट अन्तर्राष्ट्रिय नेपाली एकता समाजमा असन्तुष्टि व्यापक रुपमा बढेर गएको थियो । अहिले छैठौं अन्तर्राष्ट्रिय भेलामा जुन प्रकारको विधि र प्रक्रिया अवलम्वन गरियो र जसरी उर्जाशील युवाहरुलाई छानी छानी नेतृत्वमा ल्याइयो यसले फेरि अन्तर्राष्ट्रिय नेपाली एकता समाज नयाँ जोस जाँगर र स्पीरिटका साथ अघि बढ्ने अपेक्षा राखिएको छ ।
वक्तव्यको पूर्णपाठ :
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको छैठौं अन्तर्राष्ट्रिय भेला सम्पन्न भए पश्चात् अध्यक्ष दुर्गा शर्माले २८ सेप्टेम्बर २०२१ अर्थात् २०७८ असोज १२ गते एक प्रेस वक्तव्य जारी गर्दै भेलाका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन् । अध्यक्ष दुर्गा शर्माको हस्ताक्षरमा जारी उक्त वक्तव्यको पूर्ण पाठ यस्तो रहेको छः–“अन्तर्राट्रिय नेपाली एकता समाजको छैठौं अन्तर्राष्ट्रिय भेला भर्चुअल माध्यमबाट २०७८ असोज ११ गते (२७ सेम्टेम्बर २०२१) का दिन सम्पन्न भएको छ । भेलाले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो प्रेस विज्ञप्ती प्रकाशित गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको छैठौं भेलाको उद्घाटन बरिष्ठ वामपन्थि नेता कृष्णराज पौडेलले गर्नुभएको थियो ।
भेलाको उद्घाटन गर्दै नेता पौडेलले आगामी दिनमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नव गठित समितिले प्रवासमा रहेका नेपालीहरुको हक, हित र अधिकार, एवं श्रमिकहरुको सामाजिक सुरक्षाको पक्षमा निरन्तर आवज बुलन्द गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपालमा चल्ने राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका पक्षमा चल्ने आन्दोलनहरुमा एकता समाजको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दैे र आगामी दिनमा पनि त्यो भुमिका अझ शसक्त बनेर जानुपर्ने बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनमा देखापरेको दक्षिणपंथी विसर्जनबादको विरुद्ध वैचारिक संघर्ष चलाएर मात्रै सच्चा कम्यिुनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
भेलाको अध्यक्षता तयारी समितिका संयोजक महेन्द्र बस्याल (भारत)ले गर्नुभएको थियो भने सञ्चालन विदुर शर्मा (कोरिया)ले गर्नुभएको थियो । सहिदहरुप्रति एक मिनेट मौनधारण गरेर अगाडि बढेको भेलामा मान बहादुर थापा (जापान)ले शव्दद्वारा स्वागता गर्नुभएको थियो । साथै रक्तिम सा“स्कृतिक अभियानका नेताद्वय नारायण शर्मा र लक्ष्मी रिजालले गीतबाट स्वागत गर्नुभएको थियो ।
भेलामा महेन्द्र बस्यालले प्रस्तावना, दुर्गा शर्माले विधान र विदुर शर्माले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रस्तुत दस्तावेज उपर व्यापक छलफल गरि प्रतिनिधिहरुबाट आएका सुझावहरुलाई समाबेस गरि एकमतले पारित गरिएको थियो ।
अन्तराष्ट्रिय नेपाली एकता समाजका पूर्व अध्यक्ष एवं मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव गंगा पौडेलले आयोजक समितिको तर्फबाट तयार गरिएको प्रस्तावित नया“ कार्यसमितिको प्रस्तावित प्यानल भेलामा पेश गर्नुभएको थियो । प्रस्तुत नामावलीमाथि उपर छलफल पस्चात एकमतले पारित गरिएको थियो । भेलाले दुर्गा शर्मा (स्पेन) को अध्यक्षतामा ३५ सदस्यीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मान बहादुर थापा (जापान), देव बहादुर लामिछाने (भारत) बलराम पौडेल (यु.के), गंगा खड्का (कतार), महासचिवमा विदुर शर्मा (दक्षिण कोरिया), सचिवमा महेन्द्र बस्याल (भारत), देबेन्द्र बस्याल (जापान) र कोषाध्क्षमा हिमाल थापा (बेल्जीयम) लाई निर्वाचित गरेको छ । यसैगरि सदस्यहरुमा इन्द्र भेटाल (भारत), सुर्य बहादुर पुन (भारत),शिव गिरी (जापान) बुद्धि कँडेल (जापान),कृष्ण शर्मा (जापान),शिव पौडेल (कोरिया), रामु तरामी (दक्षिण कोरिया), राज बेलबासे (बेल्जियम),भुपाल शर्मा (पोर्तुगल),मिलन चालिसे (डेनमार्क), याम कु“वर (अस्ट्रेलिया),पारस लामिछाने (अस्ट्रेलिया), होम क“डेल (अस्ट्रेलिया), रेशम पौडेल (क्यानडा), चिन्तामणी पौडेल (कतार), हेम सागर बस्याल (कतार), भानु शर्मा (दुवइ), किरण केसी (दुवइ),धन बस्याल (कुवेत),राजु बस्याल (मलेसिया), तेजमान सिंजाली (बहराइन), इश्वरी विश्वकर्मा (कुवेत) लाई निर्वाचित गरेको छ ।
यसैगरि भेलाले गंगा पौडेल, खगेश्वर शर्मा, गंगाधर सापकोटा, शोभाकान्त लामिछाने, सचित्र केसी र नेत्र केसी इजरायललाई सल्लाकारमा चयन गरेको छ ।
नवनिर्वाचित समितिलाई नेकपा मसालका पूर्व प्रवक्ता विमल शर्मा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व महासचिव राम बहादुर बुढा, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका पूर्व केन्द्रीय अध्यक्ष नारायण सापकोटा,राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्री, राष्ट्रिय जनमोर्चा सुदुरपश्चिम प्रदेशका संयोजक लोकेन्द्र लम्साल, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव खगेश्वर शर्मा, प्रगतीशील पत्रकार संघ नेपालका पूर्व अध्यक्ष नारायण शर्मा, देवराज पौडेल लगाएतले बधाइ दिनुभएको थियो ।
अन्तराष्ट्रिय नेपाली एकता समाजको ४ अप्रिल २०२० मा सम्पन्न गरिएको भनिएको भेला केही सिमित व्यक्तिहरुको उपस्थितिमा पाचौं भेलाबाट निर्वाचित अध्यक्ष, महासचिब, कोषाध्यक्ष एवं सम्वन्धीत समितिका साथीहरुलाई समेत जानकारी नगराई अवैधानिक ढंगले गरेको हु“दा उक्त भेलाबाट बनाइएको समिति पनि अवैधानिक रहेको र उक्त समितिले संसारभर रहेका इमान्दार एकता समाजका कार्यकर्ता एवं समर्थक, शुभचिन्तको प्रतिनिधित्व गर्न नसक्ने भेलाले ठहर गरेको छ । त्यसैले हामीले बैधानिक ढंगले यस भेलामार्फत अन्तराष्ट्रिय नेपाली एकता समाजको केन्द्रिय समितिलाई पुनर्गठन गरेका छौं । विधान अनुसार अन्तर्राष्ट्रिय नेपाली एकता एउटा छाता संगठन रहने छ त्यसैगरि विभिन्न देशका एकता समाज (संगठन) यसका सदस्यहरु हुनेछन् ।
विभिन्न देशहरुमा संगठनलाई आवश्यक्ता अनुसार पुनर्गठन गरिनेछ । भेलाले निम्न बमोजिमको विशेष प्रस्ताहरु पास गरेको छ ।
अन्तर्राट्रिय नेपाली एकता समाजले विगत देखि नै विदेशमा रहने नेपालीहरुको मतदान र प्रतिनिधित्वको अधिकारलाई सुनिस्चित गर्न निरन्तर आवाज उठाउ“दै आएको छ । यद्दपी सरकार उदासिन बन्दै आइरहेको छ हामी उक्त अधिकार सुनिश्चितताको लागी नेपाल सरकारस“ग जोडदार माग गर्दछौं । भेलाले नेपालको राजनीतिक स्थिति माथि पनि गम्भीरतापूर्वक विचार विमर्श गर्यो । नेपालमा अमेरिकी साम्राज्यवादले लागू गर्न खोजेको एम.सी.सी .सम्झौता अमेरिकी सुरक्षा रणनीति अन्तर्गतको कार्यक्रम हो र यो नेपालको राष्ट्रिय स्वाधीनता विरुद्ध भएकाले खारेज गर्नु पर्ने भेलाको ठहर रहेको छ । विदेशमा रहेका नेपालीहरुको श्रमिक अधिकार लाई सुरक्षित गनें, श्रम सम्बन्धी मानव अधिकारलाई तथा अन्तर्राट्रिय अधिसन्धीहरु पालना गराउनुपर्ने ,चेलीबेटी बेचबिखन लगायतका अपराधलाई रोक्नुपर्ने लगायतका मागहरुलाई लिएर विभिन्न देशका दूतावासमा ज्ञापन पत्र बुझाउने तथा प्रवाशी श्रमिकहरु माथिका अन्याय अत्याचारका विरुद्ध संघर्ष गर्ने नीति यस संगठनको रहने छ । प्रवाशमा रहेका अन्य विभिन्न सामाजिक संघ सङ्स्थाहरु सित साझा एजेन्डामा सहकार्य र कार्यगत एकता गरेर जाने हाम्रो नीति रहनेछ ।
छैटौं अन्तर्राष्ट्रिय भेला सफल पार्न विभिन्न देशबाट प्रतिनिधित्व गर्नुहूने सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षक अतिथी तथा आम न्यायप्रेमी जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहन्छौ ।आगामी दिनमा यहा“हरुबाट यसै प्रकारको सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गर्दछौं ।”
प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार ०४:५१
प्रतिक्रिया दिनुहोस्