सरकारले पायो पूर्णता,नवनियुक्त मन्त्रीलाई राष्ट्रपति द्धारा शपथ

सरकारले पायो पूर्णता,नवनियुक्त मन्त्रीलाई राष्ट्रपति द्धारा शपथ
२०७८ असोज २२ गते शुक्रबार ०६:४१

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद...

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दा केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनुभएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नुभएको छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिनुभएको छ ।

मन्त्रालयमा गृहमन्त्रीमा बालकृष्ण खाँण, उर्जा तथा जलस्रोतमा पम्फा भुसाल, संङ्घीय मामिला तथा सामान्य प्रशासनमा राजेन्द्र प्रसाद श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिरोध खतिवडा, रहनुभएको छ । यस्तै अर्थमन्त्रीमा जनार्दन शर्मा, रक्षा मन्त्रालयमा मीनेन्द्र रिजाल, खानेपानीमा उमाकान्त चौधरी, परराष्ट्रमन्त्रीमा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमा रेणुकुमारी यादव तथा सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रेम बहादुर आले रहेका छन् ।

यस्तै दिलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिला मन्त्री, देबेन्द्र पौडेल, शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री, महेन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास मन्त्री, उमा रेग्मि महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्री, शशि श्रेष्ठ भूमि व्यवस्था शहकारी तथा गरिबि निवारण मन्त्री, रामकुमारी झाक्री सहरी बिकास मन्त्री नियुक्त भएका छन् ।

यसैगरि गजेन्द्र बहादुर हमाल उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री, रामसहाय प्रसाद वन तथा वातावरण मन्त्री, कृष्ण कुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । भवानी प्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्रीमा नियुक्त भएका छन् । नयाँ नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीको सपथ शितल निवासमा सुरु भएको छ ।

नवनियुक्त मन्त्रीलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई आज शपथ खुवाउनुभएको छ ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा भण्डारीले मन्त्रीहरूलाई शपथ खुवाउनुभएको हो । साथै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले तीन महिनापछि मन्त्रिपरिषदलाई आज पूर्णता दिनुभएको हो। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी लाई समेटेर देउवाले मन्त्री नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीको सूचीमा गैर सांसद गजेन्द्रबहादुर हमाल पनि समेटिएको जनाईएको छ ।

प्रकाशित मिति २०७८ असोज २२ गते शुक्रबार ०६:४१
प्रतिक्रिया दिनुहोस्