गलकोटको बाँसखोलामा बस र ट्याक्सी ठोक्किदा ५ जना घाईते

no-image

शर्मिला रोका मगर

@समय नेपाल

२०७८ असोज २४ गते आईतबार ०६:५१

गलकोट - बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्वर ९ वासखोलामा वस र ट्याक्सि आपसमा ठोँकिदा ५ जना घाईते भएका छन् । पुर्वि रुकुमवाट काठमाडौं जादै गरेको ना ५ ख ८९६२ नम्वरको वसले विपरित दिशातर्फ जादै गरेको ध १ च ७१९ नम्वरको ट्याक्सिलाई...

गलकोट – बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्वर ९ वासखोलामा वस र ट्याक्सि आपसमा ठोँकिदा ५ जना घाईते भएका छन् ।

पुर्वि रुकुमवाट काठमाडौं जादै गरेको ना ५ ख ८९६२ नम्वरको वसले विपरित दिशातर्फ जादै गरेको ध १ च ७१९ नम्वरको ट्याक्सिलाई ठक्कर दिँदा ५ जना घाईते भएका छन् ।

आज दिउँसो करिव २ वजेको समयमा भएको दुर्घटनामा परि ट्याक्सिमा सवार ५ जना घाईते भएका ह्रन । घाईते हुनेहरुमा ट्याक्सी चालक गलकोट नगरपालिका वडा नम्वर ९ छिस दरवारका वर्ष २७ का रामकृष्ण खरेल, गलकोट नगरपालिका वडा नम्वर ९ कै वर्ष ६० कि याम कुमारी सापकोटा, वर्ष ८० का मान वहादुर केसि, वर्ष ९२ कि तुल्कि सापकोटा, वष ७२ कि तुलसि खरेल र गलकोट नगरपालिका वडा नम्वर ७ मल्मका वर्ष २६ का रामकृष्ण खरेल रहनुभएको ट्राफिक प्रहरी हटियाका प्रमुख प्रहरी हवल्दार प्रकाश पुरीले जानकारी दिनुभयो ।

घाईतेहरुको अहिले इमर्जेन्सी पोलिक्लिनीक प्राली हटियामा उपचार भईरहेको छ । घाईतेहरुको हातखुट्टा र टाउकोमा चोट लागेको इमर्जेन्सी पोलिक्लिनिकले जनाएको छ । वसको दाहिने पट्टिको टायर पड्किदा बस अनियन्त्रीत भई दुर्घटना भएको बताईएको छ । बस चालक सहित दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ असोज २४ गते आईतबार ०६:५१
प्रतिक्रिया दिनुहोस्