स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, १७ जना घाइते

no-image
२०७८ असोज २५ गते सोमबार ०६:०८

स्याङ्जाको वालिङमा केहीबेर अगाडि भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । दुर्घटनामा गल्याङ नगरपालिका ९ का  ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको वडा प्रहरी...

स्याङ्जाको वालिङमा केहीबेर अगाडि भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

दुर्घटनामा गल्याङ नगरपालिका ९ का  ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ ।

उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ  । वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदी खोलामा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति २०७८ असोज २५ गते सोमबार ०६:०८
प्रतिक्रिया दिनुहोस्