बुर्तिबाङ- सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु. १४ लाख मृत्यु दाबी रकम भुक्तानी गरिएको छ । कम्पनीको उपशाखा कार्यालय बुर्तिबाङले निसीखोला गाउँपालिकाको कार्यालयमा शनिवार एक कार्यक्रमको आयोजना गरी उक्त रकम मृतक परिवारलाई भुक्तानी गरेको हो ।
कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं. २ काल्नेचौर निवासी बिमित मृतक शेर बहादुर कुँवरको परिवारलाई बिमा बापतको उक्त रकम रु. १४ लाखको चेक हस्तान्तरण गरिएको थियो । मृतक परिवारलाई मृत्यु दाबी रकम भ्ुक्तानीका लागि आयोजित उक्त कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले सबै नागरिकले जीवन बिमा गर्नुपर्छ भन्ने अवधारणाको विकास गर्दै सबैमा सचेतना जगाउन आवश्यक रहेको बताउनु भयो । उहाँले थप बोल्दै शेर बहादुर कुँवरको मृत्युले सबैलाई दुखिद् बनाएको भन्दै यस घडीमा बिमा कम्पनी घरमै आएर रकम भुक्तानी गरी मृतक परिवारलाई दुःखको घाउमा मलमपट्टी लगाएको भन्दै सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिनुभएको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका कुँवरको २०७८ साल जेट २ गते हृदयघातका कारण मृत्यु भएको थियो । उहाँले वैदेशिक रोजगारीमा जाने बेला सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा म्यादी जीवन बिमा योजना अन्तरगत रु. १० लाख बराबरको जीवन बिमा गर्नुभएको थियो । उहाँले कम्पनीलाई बिमा प्रिमियम बापतको जम्मा रु. ४ हजार ७ सय रुपैयाँ मात्र भुक्तानी गर्नुभएको थियो । विमितको मृत्यु पश्चात सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी बुर्तिबाङ शाखाले मृतकको परिवारसंग सम्पर्क गरी मृत्यु दाबी रकम भुक्तानीका लागि आवश्यक कागजात सहित प्रक्रिया अगाडि बढाएको थियो ।
सो प्रक्रियाबाट जीवन बिमा बापतको उक्त मृत्यु दाबी रकम मृतक परिवारलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि रुपमा निसीखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कुबिर वि.क., वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही, मृतक शेर बहादुर कुँवरका दाजु जाल बहादुर कुँवरले बोल्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा संस्थाको तर्फबाट किरण पौडेलले सन् लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेसम्म गरेका काम र प्रगतिको बारेमा स्पष्ट पार्दै सहज रुपमा मृत्यु दाबी रकम भुक्तानी गर्दै आएको बताउनु भयो । त्यसैगरी कार्यक्रममा गण्डकी थापा अधिकारी, दिपक कुँवर लगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सन् नेपाल लाइपत्रफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ उपशाखाकी प्रमुख सरस्वती घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन थमनाथ पौडेलले गर्नुभएको थियो ।














