बागलुङ- ईलाका प्रशासन कार्यालय बुर्तिबाङ बागलुङमा मा कर्मचारी अभाव हुँदा नागरिकले सास्ती खेप्न बाध्य बनेका छन् । कार्यलयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा नागरिकहरु समस्यामा परेका हुन् ।

कार्यालयमा पछिल्लो केहि समययता मतदाता नामावली दर्ता कार्यक्रम पनि चलिरहेको छ । एक जना मात्र कर्मचारीको भरमा सबै काम हुने हुदाँ नागरिकले सास्ती खेप्दै आइरहेका छन् । गत भाद्र ११ गतेदेखि सुरु भएको मतदाता नामावलीमा नाम छुटेका र उमेर पुगेका नागरिकको नामावली दर्ता गर्ने कार्यक्रम जारी छ । दैनिक रुपमा भिड हुने इलाका प्रशासनमा दुई – तिन पटक सम्म कार्यालयमा आउँदा समेत समयमा काम हुन नसकेको नागरिकको गुनासो गरेका छन् ।
आईतबार सोमबार कार्यलयमा देखिएको भिड साताको तस्विरमा





प्रकाशित मिति २०७८ कार्तिक ३० गते मङ्गलबार ०२:५१