भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना
२०७८ मङ्सिर २२ गते बुधबार ०४:३८

काठमाण्डाै – तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका...

काठमाण्डाै – तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेकाे एएनआईले जनाएकाे छ ।

हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएकाे र तीमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।

दुर्घटनाग्रस्त भएकाे सेनाकाे याे हेलिकप्टर एमआई सिरिजकाे थियाे । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ ।

रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै गएकाे जनवरी १ मा देशका पहिला सीडीएस रहनुभएकाे छ ।

हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहलले दुर्घटनाबारे जानकारी दिन संसद्‌मा सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर २२ गते बुधबार ०४:३८
प्रतिक्रिया दिनुहोस्