बुर्तिबाङ नजिकै खप्तरीबाङमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवाको मृत्यु

बुर्तिबाङ नजिकै खप्तरीबाङमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवाको मृत्यु

टिकाराम भट्टराई

@समय नेपाल

२०७८ पुस २१ गते बुधबार ०२:०६

बुर्तिबाङ- बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ नजिकै मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला गाउँपालिका ७ राजकुट कुडुँलाका ३३ वर्षीय लिला तामाङ रहेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका...

बुर्तिबाङ- बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ नजिकै मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला गाउँपालिका ७ राजकुट कुडुँलाका ३३ वर्षीय लिला तामाङ रहेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङ नजिकै खप्तरीबाङको सडक खण्डमा गएराति ९ बजे तिर बडिगाड गाउँपालिकाको भिमगिठेबाट बुर्तिबाङ आउदैँ गर्दा लु–१३० प ४५५ नम्बरको मोटरसाइकल बाटोको छेउमा दुर्घटनामा परेको थियो । प्रहरीले खबर पाए लगत्तै घटना स्थलमा पुगि दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई तत्काल बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको थियो । उपचारको क्रममा राति नै तामाङको मृत्यु भएको प्रहरी निरिक्षक वन्तको भनाई छ ।

मदिरा सेवन गरि सवारी चलाएकै कारण दुर्घटना घटेको हुनसक्ने प्रहरीको भनाई छ । मृतक तामाङको साथमा सवारी चालक अनुमति पत्र लाईसेन्स समेत नरहेको उल्लेख गरिएको छ । आज बुधबार बिहानै प्राथमिक स्वास्थ्य केन्द्रमा शवको पोष्टमाटम गरि परिवारजनलाई बुझाईएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति २०७८ पुस २१ गते बुधबार ०२:०६
प्रतिक्रिया दिनुहोस्