बाग्लुङको बडिगाड ६ छिसफाटमा पिकअप जीप दुर्घटना !

बाग्लुङको बडिगाड ६ छिसफाटमा पिकअप जीप दुर्घटना !
२०७८ पुस २७ गते मङ्गलबार ०७:३८

ज्ञानु बलामी,बडिगाड - बाग्लुङको बडिगाड गाउँपालिकामा पीकअप जीप दुर्घटनामा परेको छ । बडिगाड गाउँपालिका वडा नं ६ छिसफाटमा सडकमै जीप दुर्घटनामा परेको हो । भिमघाट बजारबाट चालक सहित ५ जना यात्रु र सामान लिएर गुल्मीको मालिका गाउपालिका...

ज्ञानु बलामी,बडिगाड – बाग्लुङको बडिगाड गाउँपालिकामा पीकअप जीप दुर्घटनामा परेको छ । बडिगाड गाउँपालिका वडा नं ६ छिसफाटमा सडकमै जीप दुर्घटनामा परेको हो ।

भिमघाट बजारबाट चालक सहित ५ जना यात्रु र सामान लिएर गुल्मीको मालिका गाउपालिका २ दुनाम तर्फ जाँदै गरेको लु २ च ९९११ नम्बरको पिकअप जिप मङ्गलबार मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका ६ छिसफाटमा बाटोमै पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति नभएको र गाडी चालक फरार रहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख तथा प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ पुस २७ गते मङ्गलबार ०७:३८
प्रतिक्रिया दिनुहोस्