एमाले ढोरपाटन नगरको अध्यक्षमा पौडेल चयन,एमाले बडिगाडको पूर्ण बैठक पनि सम्पन्न

एमाले ढोरपाटन नगरको अध्यक्षमा पौडेल चयन,एमाले बडिगाडको पूर्ण बैठक पनि सम्पन्न
२०७८ फाल्गुण १ गते आईतबार ०६:२८

नेकपा एमाले ढोरपाटन नगरपालिकाको अध्यक्षमा ऋतुवर्ण पौडेल चयन भएका छन् । शनिवार समपन्न पार्टी नगर कमिटीको वैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । नगर अधिवेशनबाट अध्यक्षमा निर्वाचित कमिटीका अध्यक्ष लक्ष्मण पुन एमालेको जिल्ला...

नेकपा एमाले ढोरपाटन नगरपालिकाको अध्यक्षमा ऋतुवर्ण पौडेल चयन भएका छन् । शनिवार समपन्न पार्टी नगर कमिटीको वैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
नगर अधिवेशनबाट अध्यक्षमा निर्वाचित कमिटीका अध्यक्ष लक्ष्मण पुन एमालेको जिल्ला अधिवेशनमा जिल्ला उपाध्यक्षमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो ।
रिक्त पदमा नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा पौडेललाई अध्यक्षमा चयन गरेको हो । एमाले बागलुङले शनिवार एकै दिन जिल्लाका १० वटै पालिका कमिटीको वैठक समपन्न गरेको छ । जिल्ला कमिटीको वैठकको निर्णय अनुसार एकै दिन सवै पालिका कमिटीको वैठक समपन्न गरेको सचिव विष्णु भुषालले जानकारी दिनुभएको छ

नेकपा एमाले बडिगाडको पूर्ण बैठक सम्पन्न

नेकपा एमाले बडिगाड गाउँकमिटिको पूर्ण बैठक ग्वालीचौरमा सम्पन्न भएको छ। बैठकले अखिल नेपाल महिला संघको इन्चार्जमा मिना रायमाझि, युवा संघ नेपालको इन्चार्जमा हितमान शेरचन, उत्पिडित जातिय मुक्त समाजको इन्चार्जमा दधि वि.क., अखिल नेपाल किसान महासंघको इन्चार्जमा रुके पुरी, अनेरास्ववियुको इन्चार्जमा दिनेश थापा, भूपु सैनिक तथा प्रहरी संगठनको इन्चार्जमा कमलराज आचार्य तथा नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघको इन्चार्जमा दान बहादुर पुनलाई चयन गरेको छ। त्यस्तै बैठकले संगठन विस्तारलाई वस्ति स्तरमा पुर्याउने, प्रत्येक वडा कमिटिको पूर्ण वैठक आयोजना गर्ने लगाएतका निर्णय गरेको छ।

बैठकको निर्णय अनुसार वडिगाड गाउँपालिकाको वडा नं. १, २, ३ र ५ को वैठक फागुन ४ गते, वडा नं. ८ को बैठक फागुन ५ गते, वडा नं. ६ को बैठक ६ गते तथा वडा नं. ४, ७, ९ र १० को बैठक फागुन ७ गते वस्ने गरि कार्यविभाजन समेत गरेको छ। वैठकले आगामि दिनमा निर्वाचन केन्द्रित अभियान चलाउने र बडिगाड गाउँपालिका भित्र ५ सय वढि नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै बडिगाड गाउँपालिका र एमालेले निर्वाचन जितेका वडाहरुको स्वेत पत्र जारी गर्ने समेत निर्णय भएको गाउँकमिटि अध्यक्ष कमलराज आचार्यले जानकारी दिनुभएको छ।

बैठकमा नेकपा एमाले प्रदेश कमिटि सदस्य सुनिल शेरचन, तिर्थमणि भुसाल, गुणानिधि घिमिरे, बसन्त थापा, जिल्ला कमिटि सचिव विष्णु प्रसाद भुसाल लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो। बैठक गाउँकमिटि अध्यक्ष कमलराज आचार्यको अध्यक्षता, सदस्य दयानिधि घिमिरेको स्वागत मन्तव्य तथा सचिव दिनेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति २०७८ फाल्गुण १ गते आईतबार ०६:२८
प्रतिक्रिया दिनुहोस्