गलकोट- नेपालका लागि भौगोलिक रुपमा सुहाउँदो र ७७ वटै जिल्लामा खेलिने खेल हो भलिबल । त्यसैले पनि राष्ट्रिय खेल बन्न सफल भयो । यो खेल नेपालका कुना–कन्दरासम्म लोकप्रिय पनि छ ।
के हो भलिबल खेल ?
भलिबल हातले बललाई हिर्काउँदै दुई टिमहरूबीच खेलिने एक परिचित खेल हो । एक टिममा ६ जना खेलाडी हुने गर्दछन् । बि.सं २०७४ जेठ १० गते नेपाल सरकारले कवड्डी र डण्डिवियोभन्दा उत्कृष्ट खेल र नेपालको सबैठाउमा संचालन गर्न सकिने निष्कर्ष सहित राष्ट्रिय खेलको रुपमा घोषणा गरेको थियो । त्यसैले भलिबल नेपालको राष्ट्रिय खेल पनि हो ।
साधारणतया भलिबलको मैदानको लम्बाई १८ मिटर एवं चौडाई ९ मिटर हुन्छ । लम्बाईतर्फ मैदानलाई दुई बराबर बराबर भागहरूमा बाँडिन्छ । तत्पश्चात् दुई इन्च (५ सेंमी.) मोटो रेखाले यस मैदानको सीमारेखा बनाइन्छ । मध्य रेखाको समानन्तर दुवै तर्फ त्यहाबाट तीन मिटरको दूरीमा रेखा कोरिन्छ । मैदानको पछिको रेखा भन्दा पछाडी तिर तीन मीटरको दूरीमा, मैदानको बाहिर पछि तिर एक रेखा तानिन्छ । यसलाई सेवाक्षेत्र सर्भिस एरिया समेत भनिन्छ । खेलाडीको सङ्ख्या भलिबल खेलको प्रकार अनुसार सहभागिता जनाउन सकिन्छ ।
नेपालमा भलिबलको इतिहास
नेपालमा भलिबल खेल वि.सं. १९९० को दशकमा बेलायतबाट भलिबल नेपाल भित्रिएको पाइन्छ । ब्रिटिस आर्मीमा भर्ती भएर तालिमप्राप्त नेपालीहरुले यो खेललाई नेपाल भित्राएको तथ्य भेटिन्छ । वि.सं. १९९९ अर्थात सन् १९४२ मा राजधानीको त्रिचन्द्र कलेजमा छात्रहरुले जनस्तरमा पहिलो पटक भलिबल खेलेको २०३८ सालको बृहत राष्ट्रिय खेलकुदपछि प्रकाशित पुस्तकमा उल्लेख छ । त्यसपछि सन् १९४५ तिर काठमाडौं उपत्यकाबाहिर विराटनगर, धरान, पोखरा आदि ठाउँहरुमा फाट्टफुट्ट भलिबल खेल्न थालिएको थियो ।
सन् १९५० को दशकमा वीरगञ्ज र विराटनगरमा पनि भलिबल खेल्न थालियो । वि.सं. २०१७ अर्थात सन् १९६० को दशकमा राष्ट्रिय खेलकुद परिषदले भलिबल खेलको विकासको लागि विशेष चासो राखेको र युवा तथा खेलकुद महोत्सवमा पनि भलिबललाई समावेश गरेको जानकारी बृहत राष्ट्रिय खेलकुदपछि प्रकाशित सामग्रीमा उल्लेख छ ।
प्रजातन्त्र प्राप्तिपछि नै नेपालका विभिन्न भागमा भलिबल खेलको विशेष चहलपहल आएको र खासगरी पञ्चायती व्यवस्थापछि मात्र सार्वजनिकरुपमा प्रतियोगितात्मक भलिबल खेल हुन थालेको इतिहास छ ।
वि.सं. २०२० पछि भलिबलको माहोल गर्माएको थियो । कलेजहरुमा भलिबल खेल्न थालियो । २०२६ सालमा देशभर भलिबल खेलको विकास र प्रचार–प्रसारका निम्ती भौतिक सुविधा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषदले अञ्चल र जिल्ला विकास खेलकुद समितिहरुलाई भलिबल, नेट सुविधा आदि प्रदान गरेको थियो । २०२९ सालसम्म शाही सेना, प्रहरी, त्रिभुवन विश्वविद्यालय र युवा तथा खेलकुद महोत्सवमा भलिबल खेल प्रतियोगितात्मक रुपमा खेलिदै आएको पाइन्छ ।
त्यसपछि भलिबल खेलप्रति जनताको अभिरुचि बढ्यो । त्यसैलाई मध्यनजर गर्दै अनुप शमसेर राणाको अध्यक्षतामा नेपाल भलिबल संघको स्थापना भयो । त्यसपछि भलिबलले झन् गति लिन थाल्यो । २०३३ सालमा नेपालले पाकिस्तानमा गएर पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो भने २०३५ सालमा नेपालको पुरुष भलिबल टिमले एसियन गेम्स खेलको ईतिहास भेटिन्छ ।
भलिबलको हव गलकोट
गलकोटका सर्जकहरुले गलकोट परिचय दिन बिभिन्न प्राकृतिक सम्पदाहरु दरमखोला, असला माछा, घुम्टे गाजा, मजुवा, कालिलेक, ताराखोला र गलकोटमा उत्पादित कृषि उपज आदिलाई आफ्नो सिर्जनामा समावेश गरेर चर्चामा ल्याउदा गलकोटका आफ्ना भाकाहरु घुम्टे साईला, नानी लै, सोरठी र सालैजो भाकाको संरक्षण र प्रर्वद्र्धन मार्फत गलकोटलाई विश्वमाझ चिनाईरहेका छन् ।
पछिल्लो समय गलकोटलाई सहजै चिन्ने माध्ययमको रुपमा भलिबल खेललाई समेत चिनिन्छ । गलकोटको भलिबललाई सस्थागत गर्ने पूर्वाधार र संरचना नहुदाँ पनि निकै उत्कृष्ट प्रर्दशन गरेका कारण देश विदेशमा नेपाली भलिबलमा गलकोटको छुट्टै पहिचान बनेको छ ।
गलकोटबाट भलिबल खेलेरै गलकोटका धेरै खेलाडीहरुले आफ्नो परिचय दिन समेत सफल भएको हामी देख्न सकिन्छ । गलकोटको प्रतिनिधित्व गर्दै खेलेका गलकोटे युवाहरुले धेरै ठाउमा गएर उपाधी उचाल्न समेत सफल भएका छन् । गलकोट आफैमा खेलकुद तथा सास्कृतिक कार्यक्रम अधिकास समय संचालन हुने क्षेत्रमा पर्दछ । गलकोटका हरेक वडा हरुमा कम्तीमा पनि बर्षमा १ दर्जन बढी खेलकुदका कार्यक्रम हुने गर्दछन् ।
गलकोटमा अन्य खेलकुदको तुलनामा दर्शकको रुचिका आधारमा भलिबल खेल अत्याधिक रुपमा रुचाईएको खेल समेत हो । गलकोटबाट पालिका स्तरीय भलिबलमा नेपालभर अधिकाशं ठाँउमा सहभागिता मात्र जनाउने नभएर उपाधी बिजेता समेत बन्ने गरेको छ ।
साधारण तया बाल्यकालदेखि नै विद्यालय घर तथा नजिकको क्लबमा भलिबल खेल्दै भलिबलको जानकारी खेलाडीले पाउने गरेका छन् । वि.सं. २०७७ सालमा गलकोट भलिबल ट्रेनिङ सेन्टर खुले पनि अहिलेसम्म सुबिधा सम्पन्न कर्वहल तथा प्रशिक्षणको ब्यबस्था हुन सेकको छैन् ।
खेलको मोह र खेलाडी
विश्वकप भलिबलमा जापानका खेलाडी युजी निसिदा, ब्राजिलियन खेलाडी योएण्डी लिइ्ल जस्तै नेपाली भलिबलमा गलकोटबाट उदाएका खेलाडीहरु हु्न सोफीया पुन र राजु बिक । जसले नेपाली भलिबलका पावर अन्तराष्ट्रिय स्तरमा समेत प्रर्दशन गर्न सफल भएका छन् । पुनले सागमा महिला भलिबलबाट, बङ्गादेशमा विज भलिबलमा बिक र थाईल्याण्डमा बिच भलिबलमा सुनारका प्रर्दशनले गलकोट भलिबलको उचाई बढाएको हो ।
गलकोटबाट महिला भलिबलमा अन्तराष्ट्रीय प्रतियोगितामा सहभागिता जनाउने सोफिया पुन बिभागीय टोलीमा सहभागि भएर खेलकुदबाट आफ्नो परिचय बनाउन सफल हुनुभएको छ भने । बिच भलिबल प्रतियोगिता अन्तराष्ट्रियस्तरमा सहभागिता जनाएका गलकोट नगरपािलका ५ का राजु बिक अहिले गलकोट भलिबल टिमका क्याप्टेनको रुपमा परिचत हुनुहुन्छ ।
पछिल्लो समय बिमल परियार दारि, रबि केसी, दिपक मल्ल, कुस्मन थापा, मिन सुनार, प्रकाश सुनार, रिजन राना, लगायतका खेलाडीहले राम्रो प्रर्दशन गरेका कारण गलकोट भलिबलले नेपालको राष्ट्रिय खेल भलिबल तर्फ एनभिए कप भलिबलमा सहभागिता मात्रै जनाएनन्, नेपालमै आज सम्म्मको सर्वाधिक पुरस्कार राशिको पुतलीबजारकप – नगद ५ लाख) अन्तरपालिका स्तररिय भलिबलको समेत उपाधी उचाल्न सफल भएका छन् । गलकोट नगरपालिकाको सामान्य सहयोग तथा निजी लगानीबाट टे«निङ सेन्टर संचालनमा आएपनि ब्यबस्थीत पुर्वाधार निर्माण गर्न समस्या भएको संचालक बताउछन् ।
देशभर गलकोटे खेलाडीको खोजी
पछिल्लो समय राम्रो प्रदर्शन गरेका कारण देशका बिभिन्न ठाँउमा भलिबल खेलको आयोजना गरे लगतै गलकोटको टिमको खोजी हुने गरेको छ । कतिपय ठाउमा गलकोटका भलिबल खेलाडी कुन टिमबाट सहभागि भएका छन् भनेर प्रत्यक्ष दर्शकले माग गर्ने गरेका कारण गलकोटको भलिबल टिमलाई यातयात खर्चको समेत ब्यबस्था गरेर आमन्त्रण गर्ने गरेका छन् ।
भलिबल खेल संचालन भएपछि गलकोटका कुन खेलाडी सहभागि भए नभएको दर्शकल प्रत्यक्ष प्रशासरण हेर्दा समेत खोज्ने र सोध्ने गरेको भलिबल खेलको सामाजिक संजाल युट्वमा प्रत्यक्ष गर्ने मिक्स टिभीका संचालक राम खत्रीको भनाई छ । गलकोटका भलिबल टिमलाई सहभागिताको सुनिश्चतताको लागि आर्थिक सहयोग समेत गर्ने गरेका छन् । दर्शकको रोजाई र आफ्नो क्षमतालाई प्रदर्शन गर्दा आफ्नो परिचय बनेको खेलाडी राजु बिक काे भनाई छ । बाल्यकालदेखी नै भलिबल खेल्दै आएको र पछिल्लो समय गलकाटको भलिबल टिममा भलिबल खेल्दा राम्रो नतिजा दिन सकेको दिपक मल्लको भनाई छ । पहिले आयोजकले आयोजना गरेको कुनै कार्यक्रम बारे जानकारी हुदैन्थ्यो, राम्रो प्रदर्शन गरेकै कारण खोजी हुने गर्ने गरेको बिमल परियारकाे भनाई छ ।
समस्या तथा चुनौती
गलकोटको भलिबल जति नै चर्चित छ, त्यति नै ब्यबस्थीत भएको भए न्यु डायमण्ड जस्तै खेलाडी उत्पादन गर्न सफल हुने थियो । खेल र खेलाडीहरुको स्तर माथि उठ्न सकेको छैन । भलिबलको आप्mनै कभर्ड हलसम्म छैन ।
सबैभन्दा ठूलो प्रश्न नै यहि हो । अब के त ? फुटबल र क्रिकेट जस्तै नेपाल भलिबल संघको कायार्लय समेत छैन । गलकोटमा पनि भलिबलको आधिकारिक संघ तथा कार्यालय बन्न सकेको छैन् । कभर्डहल छैन । भलिबल खेलाडी उत्पादन गर्ने एकेडेमी छैन । स्कुल लेभलबाट खेलाडीहरु उत्पादन हुन सकेका छैनन् ।
भलिबलले परिचय त दिएको छ तर सस्थागत भने बनेको छैन् । खेलाडीहरु बिचको खेलको तालमेल जस्तै सस्थागत ब्यबस्थापन भने हुन सकेको छैन् । नेपाली खेलाडीहरुको खानपानदेखि अनुशासन, शारीरक स्फुर्तीदेखि आनी बानी बोलिचाली समेत खेलमैत्री बन्न सकेको छैन् । गलकोटको भलिबल टिममा रहेका खेलाडी जिवन शाहानी । सुरेन्द्र के.सी. र हिमाल चालिसे टिम कोच बनेर काम गरिरहदा खेलाडीलाई खेलमोह जगाउन सफल भएका छन् । आफ्नो खेलमोहका कारण टिम कोच बनेर सहजिकरण गरेको बताउदैं जिवन शाहानी खेलकुदको अवस्था परिवर्तन गर्न एकेडेमी नुहदाँ समस्या दिनहु बल्झीएको छ ।
गलकोटमा भलिबल खेलको मोहका कारण खेल जिवन बिताउनु भएका नरेठाँटिका खेलाडी याम बहादु्र श्रीस जिल्ला भलिबल संघको अध्यक्ष समेत बन्नुभएको छ । भलिबलको विकासको लागि प्रयाप्त बजेटको अभावले सोचेजति उपलब्धी हासिल गर्न नसकिएको उहाको अनुभव छ । पछिल्लो समय गलकोटमा भलिबलको विकासकोलागि गलकोट नगरपालिकाले नगर खेलकुद विकास समिति गठन गरेर विकासको काममा अग्रसरता देखाएपनि खेलाडीको अनुशासन, बोलीचालीमा समस्या रहेको छ । खेलाडीले खेलमा सफलता प्रँप्त गर्न र खेलसंगै जिवनमा अनुशासनमा बाधिनु, खेललाई मर्यादिन बताउने, उत्कृष्ट प्रर्दशन गर्नुपर्ने भएपनि कतिपय ब्यावहारिक परिवर्तन नहुदा निरन्तरतामा समस्या भएको छ । खेलाडीको स्टामिना, खानपानमा विशेष गरि ध्यान नदिदा खेलाडीको गरिमा घटेको मात्रै छैन् खेलप्रति र खेलाडी प्रति हेर्ने बुझ्ने दृष्टीकोण समेत बदलिएको छ ।
भलिबलप्रति सहयोग र सदभाव
गलकोटको खेलको विकासको लागि आम मानिसको सहयोग अनुसार चर्चामा आएका खेलाडीहरुले आनिबानी खेलको नियम जस्तै खेल जिवनको अनुसाशनको शिरोधार्य गरी सहयोगदातालाई निरन्नर सहयोगको प्रवेशद्वार खुल्ला राख्नु आवश्यक छ ।
भलिबल खेलको विकास र प्रवद्र्धनको लागि रेमिटेन्सबाट धानिएको क्षेत्र गलकोटमा गलकोटको भलिबलको विकासको लागि स्वतस्र्फुत रु्रपमा हुने सहयोगले बिशेष भुमिका निर्वाह गरेको छ ।
खेलको बिकासको लागी एकेडेमी नभएको मात्रै होईन् सस्थागत नहुदाँ सहभागि दर्ता शुःल्कको समेत अभावमा गलकोटको भलिबल टिम रहेको देखिन्छ । हरेक कार्यक्रममा सहयोग गनेृ गलकोटबाट प्रवासमा रहेका गलकोटबासी नागरिक तथा सम्वद्ध सस्था, गलकोटमा रहेका भलिबलप्रेमी स्थानीय, ब्यवसायी तथा सहयोगी मनको कारण अघि बढेको छ । तथापि स्थानीय सरकारसंग खेलाडीहरुको विवरण, खेलमा सहभागिता जनाउन गर्ने सहयोग जस्ता विषयमा आधिकारीक जानकारी नुहुनु र नगरपालिकाले समेत खेलकुदबारे ऐन बनााएर नियमन गर्न नसक्म्दा खेलाडीको मात्रै होईन समग्र खेलकुदको समेत बिकास हुन नसेकेको खेलकुदका जानकार बताउछन् ।
अबको बाटो
एक समय खेलाडीको उत्पादन हुने र १ दर्शक खेलाडीको खडेरी हुने जस्तो अबस्थाको निराकरणमा न्रिन्तर सबैको साथ सहयोगको आवश्यकता रहेको छ । खेलाडीले खेल खेल्दा देखाएको अनुशासनले सामान्य शोखका लागि खेल्ने खेलाडीको जीवनमा समेत परिर्वतन आउने आनिबानीको निर्माण गर्न खेलाडीको ध्यान जानु आवश्यक छ ।
गलकोटको खेलकु्दको विकासकोलागि गलकोट नगरपालिकाले गलकोट नगर विकास समिति गठन गरे जस्तै गलकोट भलिबल संघ स्थापना गरि नितान्त भलिबलको विकासको लागी निरन्तर आर्थिक अनुदान दिने, भलिबल एकेडेमीको निर्माण, बिद्यालय तहमा भलिबल प्रति बिद्यार्थीलाई प्रोत्साहन, खेलाडिका आचरणबारे जानकारी, अनुशासन, खेलकुदका नियम, पूर्व राष्ट्रिय खेलाडीहरु तथा खेलकुद बुझेका ब्यक्तिबाट खेलकुदका राम्रा नराम्रा पक्ष बारे जानकारी लिने र निरन्तर प्रशिक्षणको कार्यक्रमको आवश्यकता रहेको छ । त्यस्तै खेलकुदबाट नाम मात्रै नभई पारिवारिक जीवन धान्न पुग्ने गरि स्रोतको ब्यबस्थापन र ब्यबसायिक खेलबारे योजना बनाउन सकेकामा गलकोटको भलिबल पूर्णिमाको जून र औसीको रात बन्न बाट जोगिने निश्चित छ ।
गलकोटमा नगर खेलुकद विकास समितिले समेत आधिकारिक खेलाडीहरुको नगर सुची निर्माण सहभागिता जनाउने समयमा मात्रै नभई निरन्तर प्रशिक्षण, घरेलु रुपमा हुने खेलहरुमा तल्लो तहदेखस्ीने खेलको अनुशासन, जस्ता कुरामा ध्यान दिनु जरुरि छ । बर्तमान अबस्थामा उदाएको गलकोटको भलिबलको सस्थागत बिकास संगैं खेलाडीको जिवीकोपार्जन र ब्यबसायिकतामा एकरुपता दिन सकेकमा गलकोटका खेलाहरुपनि अन्तराष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन सफल बन्ने निश्चित छ ।











