निसीखोला गाउँपालिका २ खाडुमा पिकअप जिप दुर्घटना,एक जनाको मृत्यु,एक घाईते

निसीखोला गाउँपालिका २ खाडुमा  पिकअप जिप दुर्घटना,एक जनाको मृत्यु,एक घाईते
२०७८ चैत १५ गते मङ्गलबार ०७:५२

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका २ खाडुमा  पिकअप जिप दुर्घटनामा परेको छ । मंगलबार साँझ ६ः४५ बजे निसीखोला गाउँपालिकाको निसीबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ त ९४८० नम्बरकको पिकअप जीप दुर्घटना भएको प्रहरी निरीक्षक जयराम वन्तको...

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका २ खाडुमा  पिकअप जिप दुर्घटनामा परेको छ ।

मंगलबार साँझ ६ः४५ बजे निसीखोला गाउँपालिकाको निसीबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ त ९४८० नम्बरकको पिकअप जीप दुर्घटना भएको प्रहरी निरीक्षक जयराम वन्तको भनाई छ । पिकअप जिप सडकबाट करिब १०० मिटर तल निसीखोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ढोरपाटन नगरपालिका १ बुर्तिबाङ निवासी रितुवर्ण पौडेलको घटना स्थलमै ज्यान गएको जानकारी प्राप्त भएको  प्रहरी निरिक्षक वन्तले बताउनुभयो । दुर्घटनामा ३८ वर्षीय सुरेश थापा घाइते भएको र प्रहरीको टोलीले उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको प्रहरीको भनाई छ । थप विवरण आउँन बाकीँ…..

प्रकाशित मिति २०७८ चैत १५ गते मङ्गलबार ०७:५२
प्रतिक्रिया दिनुहोस्