बडिगाड- ‘स्थानीय तह गठन नहुँदासम्म बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १०,सम्म गुड्ने सडक थिएन । आज हिउँद बर्खा नै गाडी गुडने सडक बनाएका छौँ, यो महत्वपूर्ण उपलब्धी हो ।’ बडिगाड गाउँपालिकाको वडा नम्बर १० का अध्यक्ष बिरेन्द्र कुमार बुढाले आफ्ना उपलब्धी सुनाउनुभयो ।
यो पाँच बर्षको अवधिमा बडिगाड गाउँपालिकाको वडा नम्बर १० भित्रका प्रत्येक टोलमा कच्चि मोटर बाटो पुगेको छ । यसले यातायात सेवालाई सहज र सस्तो बनाएको छ । भौगोलिक कठिनाईका बाबजुद जसरी सडक निर्माण गरिएको छ १ त्यो महत्वपूर्ण उपलब्धी हो ।
यो वडा खानेपानीको समस्या भएको वडा थियो । पानीको मुहान प्रशस्त भए पनि पानी बोक्नको लागि महिला तथा पुरुषहरु घन्टौँ लगाएर हिँड्नु पर्ने बाध्यता थियो । आज त्यो अवस्था छैन । धेरै ठाउँमा ‘एक घर एक धारा’ कार्यक्रम लागु गरिएको छ । परिणामतः वडामा ५०० सय १० वटा धारा तयार गरिएको छ । यसले गृहणीलाई ठूलो राहत पुगेको छ ।
अर्को उपलब्धी नागरिकलाई कोभिड–१९बाट बचाउनु हो । यो अबधिमा कोभिड–१९ महामारीको रुपमा फैलियो । त्यसबाट नागरिकलाई जोगाउन वडाले सकेसम्मको प्रयत्न ग¥यो । त्यहि कारण पनि बडिगाड गाउँपालिका १० मा कोभिड–१९ का कारण कुनै मानवीय क्षति हुन पाएन । यो हाम्रो लागि महत्वपूर्ण उपलब्धी हो ।
स्वास्थ्यमा पनि वडाले महत्वपूर्ण उपलब्धी हाँसिल गरेको छ ।वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य ईकाइ बाट प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा पु¥याईएको छ । शिक्षाको क्षेत्रमा वडाले दीर्घकालीन लगानी प्रभाव पार्ने गरि लगानी गरेको छ । आधारभूत तहमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ ।
साथै वडा भित्रका सम्पुर्ण पर्यटकीय ठाउँ हरुलाई पहिचान गरेर मोटर बाटो पुर्याउने काम गरिएको छ । यी ठाउँलाई पर्यटकीय हब बनाउने वडाको योजना छ । वडाले महिला तथा युवाहरुलाई उद्यमी बनाउनको लागि तालिम दिने, कृषि औजार हस्तान्तरण गरेको छ । यसले परम्परागत कृषि प्रणालीलाई आधुनिक र व्यवसायीक बनाउन महत्वपूर्ण भूमिका रहेको छ । हामी निर्वाचित भएपछि वडामा धेरै परिवर्तन आएको छ र हामीले देखेका कति सपना पूरा भए त कति बाकीँ नै छ अध्यक्ष बुढाले बताउनुभयो ।











