बागलुङको ढोरपाटन सुकुर्दुङमा पिकअप जिप दुर्घटना, एक महिला घाईते

बागलुङको ढोरपाटन सुकुर्दुङमा  पिकअप जिप दुर्घटना, एक महिला घाईते
२०७८ चैत २५ गते शुक्रबार ०४:२८

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ९ मा पिकअप जिप दुर्घटना हुँदा एक जना घाइते हुनुभएको छ । ढोरपाटनबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ ज ४३४८ नम्बरको पिकअप जीप वडा नम्बर ९ को सुकुरदुङ भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटना...

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ९ मा पिकअप जिप दुर्घटना हुँदा एक जना घाइते हुनुभएको छ । ढोरपाटनबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ ज ४३४८ नम्बरको पिकअप जीप वडा नम्बर ९ को सुकुरदुङ भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

दुर्घटना परि ढोरपाटन नगरपालिका वडा नम्बर ७ की ६० वर्षीया मनसरा थापा घाइते हुनुभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । घाईते महिलाको टाउकोमा चोट लागेको र स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको जनाईएको छ । गाडीको ब्रेक फेल भएर भित्तामा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक वडा नम्बर ६ का ३८ वर्षीय कुलबहादुर अदैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति २०७८ चैत २५ गते शुक्रबार ०४:२८
प्रतिक्रिया दिनुहोस्