बागलुङका राजनैतिक दलहरु गठबन्धनलाई जोड दिएका छन् । केन्द्रदेखि पाँच दलीय गठबन्धनमा जोड दिएका पार्टिहरु जिल्लामा दुईसाता यताको वार्ता छलफलबाट निष्कर्षमा भने पुगि नसकेको बताउँछन् । यद्यपी वार्ता र सम्वादलाई जारि राख्ने बताइरहेका छन् ।
जिल्लामा गठबन्धन नगरि चुवानमा जाँदा दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा एमालेको राम्रो प्रतिस्पर्धा देखिन्छ । एकाध पालिका बाहेक सबैमा उनीहरको बर्चश्व रहने पक्का छ । जिल्लाका १० स्थानीय तह मध्ये धेरै काँग्रेसको पकडमा आउने देखिन्छ । दास्रोमा एमाले आउँछ ।
गत निर्वाचनमा एक्ला एक्लै भिड्ला त्यसको फाईदा काँग्रेसलाई प्राप्त भएको आधारहरु छन् । स्थानीय तहको निर्वाचनमा बाम पार्टिहरु नमिल्दाको अवस्था अहिलेपनि जिल्लामा ४ स्थानीय तहमा काँग्रेसको सत्ता छ । केहीमा मिल्दा संयुक्त जित निकालेका छन् भने केहीमा आन्तरिक बेइमानीका बाछिटाहरु पनि देखिए । बागलुङको बरेङ गाउँपालिका र बागलुङ नगरपालिकामा एमाले र जनमोर्चाको तालमेलबाट जित निकालेका थिए । यता ताराखोलामा माओवादी केन्द्र एक्लैले आफ्नो जित निकालेको थियो । तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, र गलकोट नगरपालिकामा काँग्रेस एक्लैले जितेको पालिका हो । जहाँ बामघटकहरु मिल्ने चर्चा भएपनि मिलेनन् । तमानखोला र गलकोटमा बाम तालमेल गर्दापनि काँग्रेस जर्कोपर्ने त्यसबेलाको जनमत हो ।
ढोरपाटनमा सबै पार्टिको एक्ला एक्लै भिडन्त हुँदापनि अब्बल भनिएको काँग्रेसले जित निकाल्न सकेन । राजनैतिक रुपमा त्यसताकाको कमजोर नै भनिएको एमालेबाट एकाएक उमेद्वार बनेका देवकुमार नेपालीलाई उमेदवार खडा गरेर त्यहाँ एमालेको पोल्टामा मेयर र उपमेर नै पर्यो ।
शक्ति सन्तुलनका हिसाबले अहिलेपनि केही पालिकामा सबैका धेरथोर कमीकमजोरीहरु छन् । यद्यपि यहाँस्थित दलहरु चुनावी प्रतिस्पर्धाको दौडमा देखिन्छन् । एकातिर पाँच दलिय गठबन्धनको चर्चा चलिरहेको छ । जस्ले जिल्लामा एमाले बडारिने होकि भन्ने एमाले नेतृत्वतहमा चिन्ता छ । देशभर पाँच दलीय गठबन्धनबाट एमालेलाई साईजमा ल्याउने गठबन्धन निकटको दाउ देखिन्छ । तर आफ्ना—आफ्ना दावी र अडानले त्यो अझै निष्कर्षमा पुग्न सकेको छैन । लाग्छ नमिल्ने धेरै वातावरणहरु पनि छन् । तर ढोरपाटन नगरपालिकामा भने एमाले भर्सेस पाँच दलीय करिव पक्कापक्की भइसकेको छ ।
विगतमा बामघटकहरु एकठाउँमा भएर निर्वाचन लडिरहँदा आफ्नो जित निकालेको इतिहासलाई अहिले संसद विघटन गर्ने ओली सरकारको कदमलाई प्रतिगमनको आरोप लगाइएको छ । कतिपय पार्टिले हातमा त्यो आरोपपत्र समातेर मिल्न हुँदैन भन्दै गरेको पनि सुनिन्छ । तर कतिपय स्थानमा बाम गठबन्धनको आवश्यकताका स्वरहरु नेता कार्यकर्ताहरुबाट उठ्दै गर्दा राजनीतिमा नाजायज र स्थायी शत्रु-मित्र हुँदैनन् भन्ने स्वीकार्य कुरा पनि छ ।
बाम घटकहरु काँग्रेससँग भन्दा बामपार्टिहरुसँगको तालमेल रुचीकर भएको मनाशय एक कोणबाट सकरात्मक पनि हो । कम्तिमा लोगो मिल्ने र बेन्च मिल्नेहरु एकठाममा हुँदा के फरक हुथ्यो र भन्ने सोंच नराम्रो थिएन । तर कारण केपी ओलीले संसद विघटन गरिदिएपछि एमालेलाई सबैले प्रतिगमनको बिल्ला भिराइदिएका छन् । प्रतिगमनको विल्ला हटाउने वा सच्याउने कसरी भन्ने नैतिक प्रश्नले उनीहरुलाई थला परेका हुन् ।
यद्यपी एमाले बागलुङको नेतृत्वले दुईवटा दाउ कुरेर बसेको छ । पहिलो गठबन्धन भत्कियोस् । दोस्रो बाम तालमेलको वातावरण बनोस् । यसले बामघटकहरुलाई फाईदा पुग्ने र जिल्लाका अधिकाँश पालिकामा काँग्रेस बडारिने उत्तिकै डर छ । विगतमा जस्तै माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एमालेको तालमेल भएको खण्डमा अर्को बाम घटक नेकपा समाजवादीलाई समस्या हुनसक्छ । किन कि अहिलेकै अवस्थामा समेत यहाँको पाँच दलीय घटकलाई समाजवादी घाँडो भएको गठबन्धनका नेताले बोलिरहेको भेटिन्छ । कारण उनीहरु पहिलो दल र टेसटेड अवस्थामा रहेकाले अनावश्यक पदमा दावी गरेर विगारेको भनाई छ । यद्यपी बाम गठबन्धन भइहालेपनि समाजवादीलार्ई समेत उचित स्थानमा सम्बोधन गरेर लैजानुपर्ने देखिन्छ । त्यसो भए बाम गठबन्धनको यस्तो आँकलन गर्न सकिन्छ । यदि बागलुङमा बाम गठबन्धन भयो भने यसरी गठजोड र भागबण्डा हुन्छ भन्ने उनीनिकट पार्टिका नेता कार्यकर्ताको रायमा चार्ट तयार पारिएको छ ।
बाम गठबन्धन हुँदा बामपार्टिहरुलाईनै बढी फाईदा देखिन्छ । विगतमा जनमोर्चाले थोरै स्थान पाएकाले जिल्ला समन्वय समिति राजमोले पाएको हो । यदि यसरी नै बाम गठबन्धन भएमा जिल्ला समन्वय फेरि जनमोर्चाको पोल्टामा रहन सक्छ । र उपप्रमुख समाजवादी पार्टिलाई हातपर्ने सम्भावना रहन्छ ।
अर्को तर्फ बाम गठबन्धन भएको खण्डमा संघीय र प्रदेश निर्वाचनदेखि उपनिर्वाचनमा समेत काँग्रेसलाई क्लिन स्वीप पारेको डर छँदैछ । अहिलेपनि जिल्लाका अधिकाँस ठाउँमा काँग्रेसको दावी रहँदै आएपनि वार्ताले सार्थकता नपाएको वार्तामा सहभागीहरुले जनाएका छन् । कतिपय आफ्नो पार्टिको ठोस जनमत नभएपनि केन्द्रले गरेको निर्णय अनुसार पार्टिको दावीप्रति समेत असन्तोष व्यक्त गर्नेहरु उत्तिकै छन् । बागलुङमा काँग्रेसले गठबन्धन जोगियोस भन्ने चाहना राखेको छ । तर उसले पनि आफ्नो बर्चश्व भएको ठाउँमा अधिक दावी राखेको छ । त्यहाँ तालमेल नभएपनि हुन्छ भन्नेसम्मको निष्कर्ष छ भने, मिलेर जित्ने ठाउँमा मिलेरै जानुपर्नेमा जोड दिएको छ । केन्द्रमा जेजस्तो गल्ती भएपछि त्यही गल्तीका कारण कालान्तरसम्म बाम दुस्मनी साँचेर राजनीति होला भन्ने नेपाली जनतालाई विश्वास लाग्दैन । रातारात कायापलट हुन्छ । विषेश परिस्थिति सिर्जना भएको भन्दै घोर विरोधीहरु पनि काँग्रेसलाई मिल्दो गाली गरेर अनेकन आरोप सहित आँप आँपको रुखमा र सुन्तला सुन्तलाको रुखमा फल्छ भन्न कत्ति बेर छैन । त्यसकालागि स्थानीय स्तरमा त खन खोसर समेत सुरुभएको नेताहरुको दावी छ । काँग्रेसले दम्भ देखायो भने उसलाई पनि देखाइदिने दाउपेच त उस्तैछ भन्नेहरु बाक्लिन थालेका छन् । यदी होइन सबैको सह अस्तित्व स्वीकार गरेर मिल्नुको विकल्प नभएकै कारण उनीहरुले भनेको प्रतिगमनकारी गठबन्धन हो भने यहाँ यसरी मिल्न सक्ने त्यहाँ भएका मध्यमार्गीहरुको राय छ ।
यसो गर्दा जिल्ला समन्वय समितिमा नेकपा एकीकृत समाजवादीलाई दिनु्पर्ने र उपप्रमुखमा जनमोर्चाले चित्तबुझाउने हुनसक्छ ।
ढोरपाटन पोष्ट










