बागलुङको निसीखोलामा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

बागलुङको निसीखोलामा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०७९ बैशाख ६ गते मङ्गलबार ०६:४०

बागलुङ जिल्लाको निसीखोलामा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । निसीखोला गाउँपालिका वडा नम्बर २ जुग्जाखोलामा मंगलबार दिउसो बुर्तिबाङ बजारबाट निसी तर्फ जाँदै गरेको ध १ ज ८९८ नम्बरको ट्याक्सी र निसीदेखि...

बागलुङ जिल्लाको निसीखोलामा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर २ जुग्जाखोलामा मंगलबार दिउसो बुर्तिबाङ बजारबाट निसी तर्फ जाँदै गरेको ध १ ज ८९८ नम्बरको ट्याक्सी र निसीदेखि बुर्तिबाङ तर्फ आइरहेको ग ७ प २१९४ नम्बरको मोटरसाइकल ठोक्किँदा ढोरपाटन नगरपालिका वडा नम्बर ८ बोबाङका २१ वर्षीय दिपेन्द्र विक र विक्रम विक गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार गराइ रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७९ बैशाख ६ गते मङ्गलबार ०६:४०
प्रतिक्रिया दिनुहोस्