म्याग्दीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

म्याग्दीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु
२०७९ बैशाख १५ गते बिहिबार ०३:३४

म्याग्दी : मालिका गाउँपालिका–६ बांगेपहिरोमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दरवाङबाट बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु...

म्याग्दी : मालिका गाउँपालिका–६ बांगेपहिरोमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दरवाङबाट बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक राजन ढकालले किसानको घटनास्थलमै मृत्यु भएको बताए। मोटरसाइकको पछाडि बसेका मंगला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ।

बिहान करिब ३ बजे सडकबाट मोटरसाइकल करिब १०० मिटर तल खसेको हो। दुर्घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल पुगेको छ। कालोपत्रका लागि स्तरोन्नतिको क्रममा रहेको बेनी–दरवाङ सडकको बांगे पहिरोको सडक ग्रेड नमिलेको उकालो छ।

प्रकाशित मिति २०७९ बैशाख १५ गते बिहिबार ०३:३४
प्रतिक्रिया दिनुहोस्