बालेनलाई डाउन गर्न खोज्ला अनलाईन खबर आफै डाउन

बालेनलाई डाउन गर्न खोज्ला अनलाईन खबर आफै डाउन
२०७९ बैशाख २५ गते आईतबार ०६:५९

काठमाडौँ-  मेयरका लागि काठमाडौँबाट स्वतन्त्र उठेका बालेन शाह विरुद्ध समाचार लेखेपछि अनलाइन खबरले लाखौँ लाइक गुमाएको छ । अनलाइन खबरले हिजो बालेन शाहले चुनाव प्रचारमा क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्दा दुरुपयोग भएको भन्दै समाचार...

काठमाडौँ-  मेयरका लागि काठमाडौँबाट स्वतन्त्र उठेका बालेन शाह विरुद्ध समाचार लेखेपछि अनलाइन खबरले लाखौँ लाइक गुमाएको छ । अनलाइन खबरले हिजो बालेन शाहले चुनाव प्रचारमा क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्दा दुरुपयोग भएको भन्दै समाचार लेखेको थियो।
समाचार आएपछि रिसाएका बालेन समर्थित युवाहरूले पेजलाई अनलाइक गर्ने ट्रेन्ड नै चलाएपछि लाखौँ फलोअर्स गुमाएको हो।

मेन्स रूम रिलेडेड ग्रुपबाट सुरु भएको अनफलो ट्रेन्ड सामाजिक सञ्जालमा लोकप्रिय रहेका पूर्व सचिव भीम उपाध्यायले समेत साथ दिएपछि सो अनलाइनले २ दिनमा आफ्ना लाखौँ फ्यान गुमाउन पुगेको छ। हाल १५ लाख ४२ हजार फेसबुक फ्यान रहेको अनलाइन खबरबाट पल पलमा फलोअर्स घट्न थालेका छन् ।

अत्याधिक अनफलो भएपछि अनलाइन खबरले बालेन शाहको सकारात्मक समाचारलाई मात्रै पुन सेयर गर्न थालेको छ। यसबाट झन् रिसाएका युवाहरूले अनफलो ट्रेन्ड सबै ग्रुपहरूमा समेत सेयर गर्न थालेका छन् ।

प्रकाशित मिति २०७९ बैशाख २५ गते आईतबार ०६:५९
प्रतिक्रिया दिनुहोस्