जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा बिहान ७ बजेदेखि निर्वाचन शुरू भएको थियो । जिल्लाभर आंसिक बाहेक शान्तिपूर्ण ढंगले निर्वाचन प्रक्रिया सकिएको निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताउनुभयो ।
बागलुङका १० स्थानीय तहमा ८२ वडाका १ सय ३ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको न्यौपानेले बताउनुभयो ।
बागलुङ नगरपालिकामा ४० हजार ४ सय १८ मतदाता रहेकोमा २४ हजार ८ सय ४८ मतदाताले निर्वाचन प्रक्रियामा भाग लिएका छन् ।
गलकोट नगरपालिकामा कुल २४ हजार ४ सय ४६ मतदाता रहेकोमा १४ हजार ४ सय ७१ जनाले मतदान गरेका छन् ।
जैमिनी नगरपालिकामा कुल मतदाता २४ हजार ७ सय ११ मतदाता रहेकोमा १३ हजार ६ सय ३५ मतदाताले निर्वाचनमा मत हालेका छन् ।
ढोरपाटन नगरपालिकामा कुल मतदाता १७ हजार ६ सय ३० रहेकोमा आज भएको मतदानमा १२ हजार १ सय ८६ मत खसेको छ ।
यस्तै तमानखोला गाउँपालिकामा ५ हजार ५ सय २५ मतदाताले निर्वाचन प्रक्रियामा भाग लिएका छन् । तमानखोलामा कुल मतदाता संख्या ७ हजार ७ सय ८८ रहेको थियो ।
निसीखोला गाउँपालिकामा कुल १५ हजार ९ सय १२ मतदाता रहेकोमा ९ हजार ९ सय २६ जना मतदातालेमात्र मतदान प्रक्रियामा भाग लिएका छन् ।
ताराखोला गाउँपालिकामा ८ हजार ५ सय ६४ मतदाता रहेकोमा ५ हजार ५ सय २ जना मतदाताले मतदान प्रक्रियामा भाग लिएका छन् । जहाँ जिजो साँझैबाट मतगणना सरु भएको थियो ।
उता बरेङ गाउँपालिकामा कुल मतदाता संख्या १० हजार ६ सय १९ रहेकोमा ६ हजार २ सय ५३ मत खसेको बरेङ गाउँपालिकाका निर्वाचन अधिकृत मनिराम ज्ञवालीले बताउँनुभयो । त्यहाँ अझै मतगणना सुरु गरिएको छैन ।
यस्तै काठेखोला गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ । कुल २१ ह्जार ३ सय ४१ म्तदाता रहेको काठेखोलामा १४ हजार ७ सय ३७ मत खसेको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले बताउनुभयो ।
यता बडिगाड गाउँपालिका कुल २२ हजार १ सय ५३ मतदाता रहेकोमा जम्मा १४ हजार ६३ मत खसेको छ ।
बागलुङका कुल मतदाता संख्या १ लाख ९३ हजार ६ सय २६ रहेकोमा १ लाख २१ हजार २ सय ३६ मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएकाछन् ।
बागलुङमा ५ दलिय गठबन्धन र एमाले राप्रपा गठबन्धन बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बागलुङमा सत्तारुढ दल नेपाली कांग्रेससहित पाँच दलको गठबन्धन रहेको छ । कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् भने नेकपा एमालले राप्रपासँग गठबन्धन गरेको छ ।
पाँच दललिय गठबन्धनबाट नेपाली कांग्रेसले बागलुङ नगरपालिका ,गलकोट नगरपालिका ,निसी खोला गाउँपालिका ,काँठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडीगाड गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवदी केन्द्रले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकाको प्रमुख पद पाएको छ भने राष्ट्रिय जनमोर्चाले जैमनी नगरपालिका र बरेङ गाउँपालिकाको प्रमुख पाएको छ । एकीकृत समाजवादीले तमान गाउँपालिकाको उप प्रमुख पाएको कार्यदलले जनाएको छ ।
यस्तै नेपाली कांग्रेसले ढोरपाटन नगरपालिकाको उप प्रमुख ,जैमुनी नगरपालिका,ताराखोला गाउँपालिका ,बरेङ गाउँपालिकाको उपाध्यक्ष गठबन्धनको अर्को दल माओवादी केन्द्रले बागलुङ नगरपालिका ,गलकोट नगरपालिका र निसी खोला गाउँपालिकाको उप प्रमुख पाएको छ भने राष्ट्रिय जनमोर्चाले बडीगाड गाउँपालिका र काँठेखोला गाउँ पलिकाको उपप्रमुख पाएको छ ।










