बुटवल–१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

बुटवल–१ मा कांग्रेसका बागी उम्मेदवार विजयी
२०७९ बैशाख ३१ गते शनिवार ०५:५४

बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । २०७४ को चुनावमा पनि कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यसपटक पार्टीले माधव प्रधानलाई...

बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् ।

२०७४ को चुनावमा पनि कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यसपटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।

प्रकाशित मिति २०७९ बैशाख ३१ गते शनिवार ०५:५४
प्रतिक्रिया दिनुहोस्