बालेनको लौरोले राजनैतिक चरित्रमाथि डाम्दै

बालेनको लौरोले राजनैतिक चरित्रमाथि डाम्दै
२०७९ जेठ १ गते आईतबार १०:५९

देशको राजनीति बरालिएको छ । जनहितको छैन । स्वार्थको घडा बनेको छ । नेतृत्व जनताको समस्याप्रति व्यभिचारी, अत्याचारी छ । त्यसको विकल्प जनताको मगजमा गडगडाएको छ । काठमाण्डौ जस्तो देशको मूल मूटुमा विग्रेको राजनीतिलाई एक स्वतन्त्र नागरिकले...

देशको राजनीति बरालिएको छ । जनहितको छैन । स्वार्थको घडा बनेको छ । नेतृत्व जनताको समस्याप्रति व्यभिचारी, अत्याचारी छ । त्यसको विकल्प जनताको मगजमा गडगडाएको छ ।
काठमाण्डौ जस्तो देशको मूल मूटुमा विग्रेको राजनीतिलाई एक स्वतन्त्र नागरिकले उमेदवारी दिंदै प्राप्त गरेको लौरोले त्यहाँका गज्जव गज्जव नेताको कम्मरमुनी डामीरहेको देखिन्छ ।
नागरिक आफ्नो त्यस्तो स्वार्थ राख्दैन । राज्य व्यवस्था र त्यसका व्यवस्थापकहरु निश्वार्थ भएको र जनहितका खटिएको साझा देख्न रुचाउँछ । पद र प्रतिष्ठाका भोका अजिंगरहरु पाल्ने र तिनैबाट आतंकित हुने मन कत्ति छैन ।
त्यस अर्थमा पनि काठमाण्र्डामा त्यहाँको नयाँ पुस्ताले गलत प्रवृत्ति र चरित्र भएको वर्तमान राजनैतिक दुर्गन्धका मतियारहरुलाई स्वस्तिक छाप लगाएर धपाउँदैछन् । बालेनले प्राप्त गरेको लौरेले उनीहरुको डँडाल्नोमा ठटाएको ठटाई छ ।
यसपटक काठमाण्ठौमा बालेनले हिम्मत गरे अव यही चरित्रको राजनीति मौलाउँदै गए हरेक ठाउँ ठाउँमा बालेनका पात्रहरु हातमा लाठ्ठी लिएर क्म्मरमुनी बजाई राख्नेछन् । किन कि जनता सचेत छन् ।

प्रकाशित मिति २०७९ जेठ १ गते आईतबार १०:५९
प्रतिक्रिया दिनुहोस्